• १ जेठ २०८२, बिहिबार

जीवन रक्षाको लागि यमबहादुरको अपिल

blog

गुल्मी, असोज ३० गते । गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर-५ खर्ज्याङ्गका यमबहादुर नेपालीले जीवन रक्षाका लागि अपिल गर्नुभएको छ । जीवन मरणको दोसाँधमा रहनुभएका नेपाली र उहाँको परिवारले जीवन रक्षाका लागि सहयोगको अपिल गर्नुभएको हो ।

ब्लडप्रेशरले हानेर गम्भीर अवस्था भएपछि उहाँको काठमाडौँको बासबारिस्थित न्युरो अस्पतालमा लगेर उपचार भइरहेको छ । टाउकाको अप्रेसन गराउनका लागि झन्डै दश लाख रुपियाँ खर्च लाग्ने तर आफूहरूसँग उक्त रकम नभएकोले सहयोग जुटाउन हात फैलाउन बाध्य भएको नेपालीकी श्रीमती मिना नेपालीले बताउनुभयो ।

उहाँका स-साना ६ वटी छोरी छन् । घर सम्पत्ति सबै बेचे पनि उक्त रकम नपुग्ने भन्दै श्रीमानको ज्यान बचाई दिन सबैले आफूले सक्ने सहयोग गर्न उहाँले अपिल गर्नुभयो । नेपालीको परिवारको अवस्था निकै दयनीय अवस्था रहेको भन्दै ९८६७४०४४४७ मा सम्पर्क गरी सहयोग गर्न स्थानीय समाजसेवी उर्मिला आचार्य नेपालीले बताउनुभयो ।

Author

रमेश विश्वकर्मा