• २९ वैशाख २०८३, मङ्गलबार

करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

blog

भक्तिविलास पोखरेल
गाईघाट, वैशाख २९ गते ।
जबरजस्ती करणी मुद्दाका एक फरार प्रतिवादी लाई प्रहरीले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका-७, कौवाई खोला क्षेत्रमा हिँडडुल गरिरहेको अवस्थामा जिल्ला उदयपुर त्रियुगा नगरपालिका-७, कौवाई बस्ने ७० वर्षीय दिलबहादुर मिरिङचिङ मगरलाई अस्थाई प्रहरी पोस्ट सङ्गमचोक उदयपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका निजलाई सम्मानित उदयपुर जिल्ला अदालतबाट जबरजस्ती करणीसम्बन्धी कसुरमा १० वर्ष कैद सजाय फैसला भएको थियो । निजलाई फैसला कार्यान्वयनका लागि सम्मानित उदयपुर जिल्ला अदालत पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।