उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङस्थित नेपाली दूतावासको अवलोकनका क्रममा मुलुकको समृद्धिका लागि आर्थिक कूटनीति महत्त्वपूर्ण रहेको बताउनुभयो ।
बागलुङको गलकोट नगरपालिका-११ रिघाकी आशा श्रीषले व्यावसायिक तरकारी खेती गर्दै आएको बर्सौँ भयो । गाउँमा उत्पादन गरेको तरकारी बजारीकरणमा निकै समस्या थियो ।
बलात्कार आरोपमा पक्राउ परेका ओखलढुङ्गाको सुनकोशी गाउँपालिका –१० का वडाध्यक्ष छविरमण धमला पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
रुकुमपश्चिमको सदरमुकाम मुसीकोट खलङगाको एक होटलमा एक महिलाको शव फेला परेको छ । मुसीकोट नगरपालिका–१ मा रहेको होटेल सत्कारमा महिला मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा नेपालले करिब साढे दुई खर्ब रेमिट्यान्स भित्र्याएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल प्रहरीले जनतालाई साथमा लिएर आफ्नो गरिमालाई कायम राख्ने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।
हिन्दुहरुको महान चाड दसैं सुरु भएसँगै जिल्लाको उत्तरी भेगमा पर्ने साइपाल गाउँपालिकाबाट झण्डै चार करोड रुपियाँ मुल्य बरावरका भेडा बिक्रीका लागि पोखरा लगिएका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुरक्षाकर्मीलाई साधन स्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभएको छ । ६८औँ वार्षिकोत्सवका अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराद्वारा आयोजित कार्यक्रममा उहाँले सीमित साधन स्रोतका बीच पनि सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीय भएको उल्लेख गर्दै उहाँले समयानुसार बढिरहेको सुरक्षा चुनौतीलाई सामना गर्ने गरी सधन स्रोत सम्पन्न बनाउनु जरुरी भएको बताउनुभयो ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनतालाई शान्ति सुरक्षाको अनुभूति हुनेगरी कामकाज गर्न नेपाल प्रहरीलाई आग्रह गर्नुभएको छ ।
‘तोहरे भरोसे बरहम बाबा झिझिरी बनेलियै हो बरहम बाबा झिझिया पर होइयौ ने सवार अबोधबा बालक तोहर किछियो ने जनैछौं हो...।’ दसैँ सुरु भएसँगै जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलको घरआँगनमा अहिले यस्तै लोकभाकाका झिझियाका गीत गुञ्जिन थालेको छ ।
इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसी र भ्रमणमा रहेका फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोनाले इजरायल—हमास द्वन्द्व रोक्ने उपायबारे छलफल गरेका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो सम्मान खोज्दा अरूको संस्कृति र अधिकारलाई कसैले पनि बिर्सन नहुने बताउनुभएको छ ।
इजरायलले दक्षिण लेबनानमा हवाई आक्रमण सुरु गरेको छ । इजरायली लडाकु विमानहरुले दक्षिणी लेबनानको मारवाहिन शहरको बाहिरी क्षेत्रमा हवाई आक्रमण गरेको हो ।
आफ्ना नेताको बिनासर्त रिहाइको माग राख्दै प्रदेश १ पुनः नामाङ्कन सङ्घर्ष समितिले मङ्गलबारदेखि गरेको धनकुटा बन्द खुलेको छ ।