दोलखाको भीमेश्वर नगरपालिकाले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा एक करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म यो राजस्व सङ्कलन भएको हो ।
मरेका मान्छेको नाममा रकम असुलेर ठगी गर्ने कार्यमा संलग्न गिरोहलाई गएको साता प्रहरीले काठमाडाँैमा पक्राउ ग¥यो । ती मरेका भनिएका मानिस वैदेशिक रोजगारीमा गएर ज्यान गुमाउने हुन् । जसले ऋण गरेर विदेश गई केही रकम कमाएर जीवन सहज बनाउने सपना बोकेर मृत्युवरण गरेका थिए । अपराधी गिरोहले मृतकका परिवार
भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका विभिन्न नाकाबाट नेपाल फर्कनेहरूसँगै कोरोना बढ्न थालेको छ। कामको सिलसिलामा भारत गएकाहरू घर फर्किन थालेसँगै कोरोना सङ्क्रमण बढेको हो। अहिले सङ्क्रमण पुष्टि भइरहेकामध्ये धेरैजसो भारतबाटै फर्किने व्यक्ति रहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ। पछिल्लो समय भारतसहित नेपालमा पनि कोरोना सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ। स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशभर २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित सबै भारतबाट फर्किएका व्यक्ति छन्। विभिन्न नाकाबाट आएका ७१६ जनाको परीक्षण गर्दा २२ जनामा सङ्क्रमण पुष्टि भएको हो।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनताबीचको असन्तुष्टिलाई सम्बोधन गरेपछि मात्रै सद्भाव सम्भव हुने बताउनुभएको छ। टीकापुरमा भइरहेको साहित्य महोत्सवमा ‘राजनीतिले सामाजिक सद्भाव जोड्छ कि तोड्छ’ विषयमा बहस गर्दै डा. भट्टराईले नेपालमा भएका हरेक आन्दोलनमा मानिस मारिने गरेको बताउनुभयो।
आगामी नयाँ शैक्षिक सत्रका लागि म्याग्दीमा करिब १४ हजार सेट सरकारी पाठ्यपुस्तक भित्रिएका छन् । जिल्लाका पुस्तक व्यवसायीहरूले सामूहिक रूपमा लगानी गरेर सामुदायिक विद्यालयका कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई आवश्यक पर्ने १३ हजार सात सय सेट पाठ्यपुस्तक ल्याएका हुन् ।
सिमकोट गाउँपालिकाले दिने सेवा प्रभावकारी नभएको गुनासो नागरिकको छ। गाउँपालिकाद्वारा आयोजित अर्धवार्षिक सार्वजनिक सुनुवाइमा नागरिकले सो गुनासो गरेका हुन्। जो सेवाग्राहीका लागि आयोजना गरिएको सार्वजनिक सुनुवाइ हो, तिनै सेवाग्राही उपस्थित नभएको आरोपसमेत उनीहरूको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयबाट उत्पादित जनशक्ति विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्छ भन्नुभएको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई आइतबार सम्बोधन गर्दै विश्वविद्यालयबाट उत्पादित जनशक्ति चरित्रवान् र अनुशासित हुनुका साथै राष्ट्र र जनताप्रति उत्तरदायी र कर्तव्य पूरा गर्न सक्ने हुनुपर्ने उहाँले बताउनुभयो ।
विद्युत् सर्ट भएर आगलागी हुँदा पाँचथरको फाल्गुनन्द गाउँपालिका ४ का हर्कबहादुर चेम्जोङको घर जलेर नष्ट भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको पशुसेवा विभागले बर्डफ्लुबाट पीडित किसानलाई राहत वितरण सुरु गरेको छ । गत वर्ष देशका विभिन्न १५ वटा जिल्लामा बर्डफ्लु फैलिएको थियो । त्यसबाट करिब एक लाख किसानका छ लाखभन्दा बढी पन्छी, अन्डा तथा अन्य पन्छीजन्य पदार्थ र पन्छी उत्पादन सामग्री नष्ट गरिएको थियो । त्यसबापत विभागले ती किसानलाई राहत उपलब्ध गराएको छ । १५ वटै जिल्लाका किसानले ५८ करोड रुपियाँभन्दा बढी क्षतिपूर्ति पाउने भएका छन् ।
दाङको गढवा गाउँपालिका–८, मुसीनाकास्थित पहाडमा सुमित्रा कुमालको घर छ । पहाडको काखमा खरले छाएका घरमा बुहारी र नातिनातिनासँग सुमित्रा बस्दै आउनुभएको छ। सुमित्राका दुई छोरासहित श्रीमान् मजदुरीका लागि भारतमा हुनुहुन्छ। घरमा उत्पादन हुने अन्नपातले परिवार पाल्न नसकिने भएकाले परिवार पाल्नकै लागि मजदुरी गर्न बाहिर जानुपर्ने सुमित्राको परिवारलाई बाध्यता छ ।
आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता रोशनबहादुर गाहामगरले नागरिक र प्रहरीबीचको सम्बन्ध नङ र मासुजस्तै रहेको बताउनुभएको छ। मुस्ताङमा आयोजित नागरिकमैत्री प्रहरी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गाहामगरले नागरिक र प्रहरीबीच हरेक क्षेत्रमा सहकार्य हुने भएकाले नङ र मासुजस्तै सम्बन्ध रहेको बताउनुभएको हो।
रौतहट जिल्लाको तीनवटा पालिकाको तीनवटा गाउँमा आइतबार आगलागी हुँदा दर्जनौँ घर जलेर लाखौँको धनमाल नष्ट भएका छन। माधवनारायण नगरपालिकाको विसुनपूर्वा मानपुरमा २१ घर, परोहा नपाको तेजापाकड गाउँमा चार घर र ईशनाथ नगरपालिकाको वडा नं. ७ को एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो। आइतबार दिउँसो २ बजेको समयमा माधवनारायण नपाको वडा नम्बर–४
नेपाली कांग्रेसका महामन्त्री एवं झापा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले समाजको भावना र मानवीय पक्षलाई बुझेर राजनीतिज्ञले काम गर्न सक्नुपर्ने बताउनुभएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन लाख मेट्रिक टन गहुँ आयात अनुमति दिनका लागि भारतलाई पत्राचार गरेको छ । बजारमा आपूर्ति व्यवस्था सहज बनाउन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत तीन लाख मेट्रिक टन गहँ उपलब्ध गराउन पत्राचार गरेको हो । स्थानीय उत्पादनले बजार माग धान्न नसक्दा थप परिणाममा गहुँ आयात गर्न पत्राचार गरिएको मन्त्रालयले जनाएको छ ।
बालकथाका दुई सङ्ग्रह ‘नवीन पाइला र इम्याजिनेटिभ वल्र्ड’को लोकार्पण गरिएको छ। इम्पेरियल वल्र्ड स्कुलद्वारा प्रकाशित नेपाली र अङ्गे्रजी भाषाका बालकथाका उक्त दुई पुस्तकमा सोही विद्यालयमा अध्ययनरत कक्षा ३ देखि १० सम्मका विद्यार्थीले लेख्नुभएको कथा र उहाँहरूले नै कोर्नुभएको चित्रसमेत सङ्गृहित छन्। बालसाहित्यकार यशु श्रेष्ठले पाठ्यक्रम मात्र घोकाउनुभन्दा विद्यार्थीलाई सिर्जनशील बन्न प्रेरणा दिने विद्यालयको यस कदमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।