अर्थमन्त्री डा. प्रकाशशरण महतले गैरआवासीय नेपालीको ज्ञान, सिप र पुँजी लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताउनुभएको छ ।
आश्विन शुल्क प्रतिपदादेखि पूर्णिमाका दिनसम्म नवदुर्गा भवानीलाई आह्वान गरी मनाइने चाड हो बडादसैँ । यहाँ नेवार समुदाय बडादसैँलाई मोहनी नखाः का रूपमा मनाउँछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आम नागरिकले दुःखमा सम्झिने पहिलो राज्य संयन्त्र नेपाल प्रहरी हुने गरेको छ, यो आफैँमा महत्त्वपूर्ण कुरा भएको बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको समृद्धिका लागि काम गर्ने बेला आएको भन्दै गैर आवासीय नेपालीसमक्ष लगानी बढाउन आग्रह गर्नुभएको छ ।
विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रमा ऐतिहासिक सम्पदा छन् । वि.सं २०७२ को भूकम्पले क्षति पुर्याएका अधिकांश सम्पदा पुनः निर्माण भए पनि केही अझै पुनः निर्माण प्रक्रियामा छन् ।
तनहुँमा एउटै पालिकामा डेंगुबाट झण्डै पाँच हजार बिरामी भएका छन् भने पाँच जनाको मृत्यु भएको छ । व्यास नगरपालिकामा चार हजार ७३५ जनालाई डेंगुको सङ्क्रमण हुनका साथै पाँच जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव १८ अङ्कले बढेर एक हजार आठ सय ६४ दशमलव ६२ को बिन्दुमा कायम भएको हो ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिना जानकारी घर हिँडेपछि दसैँ अगाडि भुक्तानी गर्नुपर्ने कर्मचारीको तलब तथा निर्माण व्यवसायीको भुक्तानी रोकिएको छ ।
नवलपुरको देवचुली नगरपालिकामा तेस्रो नवलपुर बालिका सम्मेलन भएको छ । ‘बालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ सुरु गरिएको बालिका सम्मेलनमा १५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ ।
रौतहटको मौलापुर नगरपालिकाका नगरप्रमुख रीनाकुमारी साहको पद गुमेपछि उहाँ मङ्गलबार नगरपालिका उपस्थित हुनुभएन । मङ्गलबार नै निर्वाचन आयोगले सूचना जारी गर्दै प्रमुख साहको पद रिक्त भएको जनाएपछि उहाँ पालिकामा अनुपस्थित रहनुभएको हो ।
काठमाडौँस्थित राष्ट्रिय सभा गृहमा ‘मेट्रो आइडिया एन्ड इनोभेसन’ को सोच प्रदर्शनी भइरहेको छ ।
प्रस्तावित गेटा मेडिकल विश्वविद्यालयमा भोलिदेखि एक सय बेडको अस्पताल सञ्चालनमा आउने भएको छ । एक सय बेड क्षमताको अस्पताल सञ्चालनका लागि सबै तयारी पूरा भइसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रमोद जोशीले बताउनुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठुलो रकमसहित चिनियाँ मूलका भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुरका किसानलाई यतिखेर धान भित्र्याउन व्यस्त देखिएका छन् । दसैँ सुरु भएसँगै भक्तपुरका किसानहरू खेतमा पाकेर पहेँलपुर भएको धान काट्ने, झार्ने र घर भित्र्याउने कार्यमा व्यस्त छन् ।
राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दसैँ, तिहार, नेपाल संवत्, छठलगायत चाडपर्वलाई सांस्कृतिक एकता र सामाजिक सदभाव अभिवृद्धिको पर्वका रूपमा मनाइनुपर्नेमा जोड दिनुभएको छ ।