• २८ पुस २०८१, आइतबार

अर्थतन्त्र लयमा फर्किंदै छ : अर्थमन्त्री महत

blog

महिला आर्थिक पत्रकार सङ्घको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महत । तस्बिर : कविता थापा

काठमाडौं, असोज २९ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र विस्तारै लयमा फर्किरहेको बताउनुभएको छ । सोमबार महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री महतले यस्तो बताउनुभएको हो ।

मन्त्री महतले अहिले समग्रमा देशमा अनेकन् समस्याहरु रहेको भन्दै सबैले आफ्नो आफ्नो स्थानबाट सकारात्मक पहल गर्न आग्रह गर्नुभयो । उहाँले अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको बताउनु भयो । उहाँले अर्थ मन्त्रालय र सरकार मात्रैले अर्थतन्त्रलाई लयमा ल्याउन नसक्ने भन्दै यसका लागि सबै पक्षहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।


‘‘अहिले समग्रमा देशमा अनेकन् समस्या छन् । अन्तर्राष्ट्रिय तहमा पनि अहिले धेरैखाले समस्या छन् । हिजो पनि द्वन्द्वका परिवेशहरु थिए, अहिले पनि नयाँ नयाँ द्वन्द्वका क्षेत्रहरु देखिरहेका छन् । मध्यपूर्वमा धेरै ठूलो द्वन्द्व बढेको छ । अझ बढ्ने सम्भावना र खतरा छ । अन्तर्राष्ट्रिय स्तरमा शक्ति राष्ट्रहरुले यसलाई समयमा नै रोकेनन् भने यसले नराम्रो रुप लिनसक्छ । यसको प्रभाव हामीले पनि भोग्नुपर्छ । अन्तर्राष्ट्रिय तहमै आर्थिक मन्दीको स्थितिमा छ । त्यो मध्येबाट नेपाल पनि अछुतो रहेको छैन ।,’’ मन्त्री महतले भन्नुभयो, ‘‘तर मलाई लाग्छ, बिस्तारै हामी अन्तर्राष्ट्रिय परिवेश नकारात्मक हुने अवस्था नआसओस् भन्ने चाहन्छौँ । त्यो नभएको अवस्थामा विस्तारै हाम्रो अर्थतन्त्रमा सुधार आउँछ । सकारात्मक कुरा देखिएका छन् । त्यसका बाबजुद अप्ठ्यारा बाँकी छन् । त्यसलाई सबैले मिलेर समाधान गर्नुपर्छ । अर्थमन्त्रालय, सकरारले मात्रै गरेर समाधान हुँदैन । सबैले आफ्नो आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।’’

मन्त्री महतले अर्थतन्त्र राम्रो बनाउन सरकारले पहल गरिरहेको बताउनुभयो ।