• २९ वैशाख २०८३, मङ्गलबार

एक लाख ३७ हजारको सामग्री बरामद

blog

पुतलिबजार नगरपालिका वडा नं–१ शहिदचोक सिद्धार्थ राजमार्गमा बिलमा उल्लेखितभन्दा बढी सामानहरु बरामद । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले 
स्याङ्जा, वैशाख २९ गते ।
पुतलिबजार नगरपालिका वडा नं–१ शहिदचोक सिद्धार्थ राजमार्गमा बिलमा उल्लेखितभन्दा बढी सामानहरु बरामद गरेको छ ।

स्याङ्जाबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरू चेकजाँच गर्ने क्रममा बुटवलबाट पोखरातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश०१००१ च २१७५ बोलेरो जिपमा चेकजाचमा बिल बिनाका सामग्री फेला पारेको हो ।

प्रहरीले सोडा दुई सय थान, तारपिन तेल ६६० थान, सेल्ला किलीन ४४ थान, आएर किलीनर ९० थान, मार्वल क्लिन १० थान, निट्रीक एसिड २७ थान, कोइला १९ थान, टिआर भोल दुई सय थान पक्राउ गरेको हो ।

प्रहरीले बरामद गरेको सामाग्री एक लाख ३७ हजार १७५ रुपियाँ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधारीले बताउनुभयो । बरामद सामग्री र सवारी साधन भन्सार कार्यालय रुपन्देही पठाइएको चौधरीले बताउनुभयो ।