• १ जेठ २०८१, मङ्गलबार

नापी कार्यालयका सर्वेक्षक एक लाख बढी घुससहित नियन्त्रणमा

blog

काठमाडौं, असोज २९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भद्रपुर, झापामा कार्यरत सर्वेक्षक देव नारायण ठाकुर र विचौलिया उमेश यादवलाई घुससहित नियन्त्रणमा लिएको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार जग्गा कित्ताकाट गरेवापत ७० हजार रुपियाँ नगद र ५५ हजार रुपियाँको चेक गरी सेवाग्राहीसँग एक लाख २५ हजार रुपियाँ घुस लिइसकेको अवस्थामा आयोगको कार्यालय, इटहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।