विमलप्रसाद पोख्रेल
स्वर्गद्वारी (प्युठान), असोज ३० गते । वरुण बेभरेज कम्पनी प्रालिबाट उत्पादित म्याद नाघेका लाखौँ मूल्यका पेय पदार्थ बरामद गरिएको छ ।
प्युठानका मुख्य व्यापारी सृजना अडर एण्ड सप्लार्यसका प्रोप्राइटर अमरराज पण्डितको गोदाममा जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय उद्योग अधिकृत सरोज भण्डारी र इलाका प्रहरी कार्यालय बिजुवारका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारी नेतृत्वमा छापा मारी लाखौँको कोल्ड डिङ्क्स बरामद गरिएको हो ।
बजार अनुगमन टोलीले गोदाममा छापा मार्दा गोदामबाट इनर्जी ड्रिङ्क दुईसय पचास मिलिमिटरका १२१ कार्टुन ,पेप्सी एक लिटरवाला ३३ कार्टुन मेरिन्डा एकलिटरवाफा २६ कार्टुन, मेरिन्डा आधालिटरबाला ५ कार्टुन, सोडा आधा लिटर, सेभेनअप ११ कार्टुन गरी जम्मा दुई लाख बिस हजार छ सय एकचालिस रुपियाँको पेय पदार्थ बरामद गरिएको छ।
चार्डपर्व नजिकिँदै गर्दा उपभोक्ताको हितलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय निरन्तर बजार अनुगमन गरिरहेको थियो । साना व्यापारीले कोमा म्याद नाघेका सामग्री भेटिएपछि मुख्य गोदाममा छापा मारिएको सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले बताउनुभयो।
बरामद गरिएका पेय पदार्थ प्युठान नगरपालिकाको ट्रकमा राखी नगरपालिकाको ड्याप्पिङ साइडमा नष्ट गरिने प्रहरी निरीक्षक अधिकारीले बताउनु भयो।