• १३ साउन २०८१, आइतबार

बिना अनुमति अनुदानको मल बढी मूल्यमा बिक्री

blog

पोखरामा नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्रीवितरण गरेको फेला । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी
कास्की, कात्तिक २ गते ।
पोखरामा नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्रीवितरण गरेको फेला परेको छ । सरकारले किसानलाई अनुदानमा उपलब्ध गराएको मल झण्डै दोब्बर मूल्यमा बिक्री गरेको फेलापरेको हो ।

अनुदानको मल तोकिएभन्दा बढी मूल्यमा किसानलाई बिक्री गरेको गुनासो आउने बित्तिकै पोखरा महानगरपालिकाका उपप्रमुख एवम् अनुगमन समितिका सयोजक मञ्जुुदेवी गुरुङको नेतृत्वमा अनुगमन गर्दा मल बिक्रीका लागि अनुमति पनि नभएको र बढी मूल्यमा बिक्री गरेको फेलापरेको महानगर कृषि महाशाखा प्रमुख मनाेहर कडरियाले जानकारी दिनुभयो । महानगरले पोखरा ५ का पाँच वटा कृषि सामग्री भण्डारमा अनुगमन गरेको हो । अनुगमनका क्रममा बढी मूल्यमा मल बिक्री गरेको, विना अनुमति बीउविजन र विषादी बिक्री गरेको भेटिएको छ ।

पोखराको मालेपाटनमा सचालनमा रहेको कोइराला कृषि सामग्री भण्डारले मल बिक्रीका लागि अनुमति पनि नलिएको बढी मूल्यमा बिक्री गरेको हो । सरकारले अनुदानमा उपलब्ध गराएको मल प्रतिकिलो १८ रुपियाँ बढी मूल्य लिएर बिक्री गरेको हो । डिपोको दूरीका आधारमा अनुदानको मलको बिक्री मूल्य पोखरा महानगरले निर्धारण गरेको छ । पोखरा–५ भित्र अनुदानको मल बिक्रीका लागि प्रतिकिलो २२ रुपियाँ निर्धारण गरिएको भए पनि ४० रुपियाँमा बिक्री गरिएको अनुगमनका क्रममा फेला रेको छ ।

त्यस्तै कोइराल कृषि भण्डारले मल बिक्री अनुमतिपत्र नलिएको, महानगरमा दर्ता नगरेको, बिक्रेताले बिक्री र स्टकको प्रत्येक लट अनुसारको लगत नराखेको तथा खरिद र बिक्री बिलसमेत नभएको भेटिएको छ ।

अनुगमनमा पोटास १ बोरा, डिएपी ९ बोरा र युरीया साँढे ६ बोरा भेटिएको छ । अनुुगमनमा भेटिएको मल जुन ठाँउबाट किनेको हो, त्यही फिर्ता गर्ने र सम्पूर्ण कागजपत्र लिएर जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित हुन निर्देशन दिइएको छ । यस्तै, पोखरा ५ कै आदर्श कृषि सामग्रीले पनि विना अनुमति अनुदानको मल बिक्री गरेको छ ।

अनुगमन टोलीले खरिद र बिक्री बिल नभएको र बढी मूल्यमा बिक्री गरेको भेटिएको हो । अनुमति बिना बिक्री गरेको र युरिया ३५, डिएपी ५५ र पोटास ४५ रुपियाँमा बिक्री गरेको फेला परेको महानगरले जनाएको छ । अनुगनका क्रममा पोटास दुई बोरा, युरिया साढे दुई बोरा र डिएपी साँढे भार बोरा फेलापरेको छ । फेलापरेको मल सम्बन्धित ठाउँमा फिर्ता गरेर बिहीबार कागजपत्र लिएर जिल्ला प्रशासन कार्यालयमा उपस्थिति हुन निर्देशन दिएको छ ।

यता पोखरा ५ मा रहेको सुरक्षा कृषि सामग्री भण्डाले मल बिक्री गरेको तर बिल बिजक जारी नगरेको र बीउबिजन, विषादी बिक्रीका लागि अनुमति पत्र देखाउन नसकेका कारण सम्पूर्ण कागजपत्र लिएर जिल्ला कार्यालय आउन निर्देशन दिइएको छ  भने पोखरा ७ मा सञ्चालनमा रहेको शोभा ट्रेडर्स कृषि औजार भण्डारले अनुमति विना बीउबिजन बिक्री वितरण गरेको फेला गरेको र अनुमति लिएर मात्रै बिक्री गर्न अनुरोध गरिएको महानगर कृषि महाशाखा प्रमुुख मनाेहर कडरियाले जानकारी दिनुभयो । 

‘‘बिना अनुमति मल व्यवस्थापन समितिले तोकेको मूल्यभन्दा दोब्बरमा किसानको परिचय नखुलाई बिक्री गरेको पाइएको छ  । थप कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा बोलाइएको छौं,’’ प्रमुख कडरियाले भन्नुभयो ।

गत साउन १२ गते बसेको पोखरा महानगरपालिका मल वितरण व्यवस्थापन समितिले सरकारले अनुदानमा उपलब्ध गराउने मलको मूल्य तोकेको थियो । मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा प्रतिकेजी १९ रुपियाँ ४५ पैसादेखि २१ रुपियाँ ५ पैसासम्म मूल्य निर्धारण गरेको छ । डीएपीको ४८ रुपियाँ ४५ पैसादेखि ५० रुपियाँ ५ पैसा तोकिएको छ । पोटासको मूल्य ३६ रुपियाँ ४५ पैसादेखि ३८ रुपियाँ ५ पैसासम्म निर्धारण गरिएको छ । मल बिक्रेताले प्लाष्टिक झोलाको दुई रुपियाँसम्म लिन पाउनेछन् । पोखराका २६ वटा वडाका ६७ केन्द्रलाई अनुदानको मल बिक्री वितरणको अनुमति दिएको महानगरले जनाएको छ ।