• ८ मंसिर २०८१, शनिबार

अनाथ र असहायको सहयोगका लागि इन्टरपेडको फुटसल

blog

दसैंको अवसर पारेर द इन्टरपेड ट्राभल कम्पनीले इन्टरपेड फाउन्डेसन अन्तर्गत सामाजिक सेवाका लागि फुटसल प्रतियोगिता ।

काठमाडौं, कात्तिक २ गते । दसैंको अवसर पारेर द इन्टरपेड ट्राभल कम्पनीले इन्टरपेड फाउन्डेसन अन्तर्गत सामाजिक सेवाका विभिन्न कामका लागि फुटसल  प्रतियोगिताको आयोजना गरेको छ । सामाजिक सेवाका विभिन्न क्षेत्रमा लगानी गर्दै आएको उक्त फाउण्डेसनले सो प्रतियोगिताबाट उठेको रकम पनि अनाथ र असहाय बालबालिकाका लागि सहयोग गरिने बताएको छ ।

नेपाललगायत विश्वका विभिन्न देशमा पनि सामाजिक सेवाको क्षेत्रमा विभिन्न सहयोग प्रदान गर्दै आएको इन्टरपेड फाउन्डेसनले नेपालमा पनि पिछडिएका महिला, जनजनति र असहाय बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सेभन ओमन, फरगेट मी नट, बालसुधार आश्रमलगायतका विभिन्न संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

काठमाडौंको खुसिबुमा रहेको द रिभर फिल्ड आयोजित फुटसल प्रतियोगितामा आयोजकसहित होटल मर्स्याङ्दी, होटल मुनलाइट, एस होटल्स एन्ड रिसोर्ट, मन्डला हेरिटेज इन र सत्कार रेस्टुरेन्टले  सहभागिता जनाएका थिए ।

सो प्रतियोगितामा टा«भल एण्ड टुरिज्म तथा पर्यटन क्षेत्रसँग आबद्ध टिमहरुको सहभागिता थियो । हरेक वर्षको अक्टोवर महिनामा अन्तर्राष्ट्रिय स्तरमा  इन्टरपेड फाउन्डेसन सप्ताह मनाउने परम्पराअनुरुप नेपालमा पनि विभिन्न साामजिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको हो । इन्टरपेड फाउन्डेसनले नेपाललगायत अफ्रिका, अमेरिका र अष्ट्रेलियामा पनि सामाजिक सेवा उपलब्ध गराउँदै आएको छ ।

इन्टरपेड फाउन्डेसनका अध्यक्ष राजेश बर्माका अनुसार ट्राभल, टुरिज्म, होटल, रेष्टुरेष्ट, एयरलाइन्सलगायतका एक दर्जनभन्दा बढी संस्थाले फाउन्डेसनलाई  न्यूनतम १५ देखि ५०  हजारसम्म आर्थिक सहयोग उपलब्ध गराएका छन् ।