नेपाली कांग्रेसका सांसद धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्नुभएको छ ।
दाङमा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राती अन्दाजी साढे १२ बजे गढवा गाउँपालिका वडा नं. ८ डाँडागाउँबाट हतियारसहित मानसिंह सुनारलाई पक्राउ गरेको हो ।
नेकपा (माओवादी केन्द्र) का स्कुल विभाग प्रमुख एवम् पार्टी उपमहासचिव गिरिराजमणि पोख्रेलले शान्तिप्रक्रियाका बाँकी काम यसै सरकारले पूरा गर्ने बताउनुभएको छ ।
पश्चिम नेपालका नाकाहरूमध्ये सबैभन्दा बढी मानवबेचविखन हुने नाकाको रूपमा रहेको नेपालगञ्जस्थित जमुनाहा नाकामा मानवबेचविखन रोक्न सिसिटिभी क्यामेरा जडान गरिएको छ ।
हेटौँडाबाट कुलेखानी, चखेल हुँदै काठमाडौं जोड्ने छोटो दुरीको सडकको मकवानपुरतर्फको सडक खण्ड बन्द हुने भएको छ ।
नवलपुरको जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका प्रतिवादीलाई मनोपरामर्श तालिम दिइएको छ ।
चन्द्रपुर नगरपालिकाका अध्यक्ष सञ्जय काफ्लेले व्यवसाय यस्तो होस् जसले स्थानको परिचय दिन सकोस् भन्नुभएको छ ।
नेकपा (एमाले) का सांसद डा. विमला राई पौडेलले मिटरब्याज पीडितको समस्या समाधानबारे संसद्लाई तत्काल जानकारी गराउन सरकारसँग माग गर्नु भएको छ ।
सरकारले सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दिएको छ । तर यही कानुनी मान्यताबाट फाइदा उठाउँदै भ्रूण पहिचान गरी छोरी भएमा भ्रूण हत्या गर्ने गरिएको पाइएको छ ।
नेकपा (एमाले) का सांसद दिलकुमारी रावलले दुई करोड घुस प्रकरणको अडियो सार्वजनिक भएपछि विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सांसद ढाकाकुमार श्रेष्ठबारे सत्यतथ्य छानबिन गरी कारबाही गर्न सरकारसँग माग गर्नु भएको छ ।
फिलिपिन्समा यस महिनाको सुरुदेखि अहिलेसम्म डुबेर कम्तीमा ७२ जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तत्काल काठमाडौँ महानगरपालिकासँग संवाद गर्न सरकारलाई सुझाव दिनुभएको छ ।
राष्ट्रिय सभाका सांसद महेशकुमार महराले मृत्युको दोसाँधमा रहेका प्रहरी जवान हर्कस विष्टको उपचारमा सरकार र स्वयम् नेपाल प्रहरीले बेवास्ता गरेकोमा आपत्ति जनाउनु भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाग्लुङले सार्वजनिक स्थलमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरेको छ ।
काठमाडौँ उपत्यकामा ट्राफिक बत्तीको मर्मत सुरु गरिएको छ । सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखाले उपत्यकाका १९ चोकमा ‘अपरेसन एण्ड मेन्टेनेन्स’ कार्यक्रम अन्तर्गत मर्मत अघि बढाएको हो ।