• ७ जेठ २०८१, सोमबार

भूकम्पका कारण २० घर भत्किए

blog

धादिङ, कात्तिक ५ गते । आइतबार बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउने क्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताउनुभयो ।

पटक(पटक चार रिक्टर स्केलभन्दा माथिका भूकम्पका परकम्पहरु गएका कारण मानिसहरु घर बाहिर बसेको स्थानीय स्थानीय राजेश अधिकारीले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरुको विस्तृत विवरण सङ्कलन जारी रहेको बताउनुभयो । धादिङको साविक खरी गाविस केन्द्रबिन्दु भई आज बिहान छ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको थियो । रासस