• २० असोज २०८१, आइतबार

रोटेपिङको संरक्षणमा जुुट्यो स्थानीय गाउँपालिका

blog

गाउँपालिकाको बजेटमा तयार गरिएको रोटेपिङ । तस्विर : होमराज रानाभाट

होमराज रानाभाट 

बौंदीकाली (नवलपरासी), कात्तिक ५ गते । नवलपरासी पूुर्बको बौंदीकाली गाउँपालिका १ मचेडीका लालबहादुुर खड्का रोटेपिङ खेल्न मन भए पनि पिङ नपाएर खेल्न नपाएको दश वर्ष भयो । 

लोप हुुँदैगएको रोटेपिङ यो दसैँ तिहारमा खेल्न चाहना दश वर्षदेखिको पूरा हुनेभएको खडकाको भनाइ छ । “विगतमा बाटोघाटोमा रोटेपिङ भेटिने भएकाले खेल्ने गरिन्थ्यो तर अहिले बिगत दश वर्षदेखि कतै पनि रोटेपिङ देख्न त परै जाओस् खेल्न पनि पाएको छैन” उहाँले भन्नुभयो, “अहिले युवापुस्ता पिङभन्दा पनि आधुनिक मनोरञ्जनमा बढी झुम्मिन थालेकाले चर्खेपिङको महत्व घट्दै गएको छ ।”

नयाँपुस्ता दसैँमा पिङ खेल्नेभन्दा पनि साथीभाइ एकै ठाउँमा जम्मा भएर रमाइलो गर्ने, नयाँ ठाउँ घुम्न जानेभएकाले चर्खे पिङको महत्व हराउँदै गएको स्थानीय राजुु कँडेलले बताउनुभयो ।

“जिल्लामा विगत दश बर्षदेखि कहीँ पनि रोटेपिङ देखिएन, यो एक किसिमले लोप नै हुुँदैगएको जस्तो लाग्यो । अहिले गाउँपालिकाले नै लोप हुुन लागेका रोटे, लिङ्गेपिङको संरक्षणका लागि बजेट नै विनियोजन गरेर संरक्षणमा जुुटेको छ, बौंदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताउनुुभयो । 

एक दशक अघिसम्म दसैँ लागेसँगै चोक–चोक र टोलमा देखिने यस्ता रोटे पिङ दश वर्षपछि आफूले देख्न पाएको बौंदीकाली १ मिथुुकरमका टोलनाथ बण्डेलले बताउनुुभयो । 

दसैँ आगमनको सुरुआतसँगै खेलिने रोटेपिङ यस वर्ष जिल्लाको् बौंदीकाली गाउँपालिकामा मात्र देख्न पाइएको बुुलिङटारका प्रेमबहादुुर थापा मगरले बताउनुुभयो । “दशैँमा रोटेपिङले दिने रौनक हराउँदै गएको छ” उहाँले भन्नुभयो, “विशेषगरी राम्रा काठको प्रयोग गरी बनाइने यो पिङ बनाउन निकै मिहेनत गर्नुुपरेको छ ।”

हिन्दुुधर्मको ग्रन्थमा दशैँको बेलामा पिङ खेल्दा धर्ती छोडनुुपर्ने भन्ने मान्याताले पनि यस्ता पिङका्े सरक्षणमा लागिपरेको गाउँपालिकाले जनाएको छ । बस्ती पातलिदै जानु र अर्कोतर्फ इन्टरनेटको बढ्दो प्रयोगले पनि पिङ खेल्ने पुरानो परम्परा लोप हुँदै जान थालेको स्थानीयको बुझाइ छ ।

रोटेपिङ नै लोप हुुन थालेपछि पालिकाले सहयोग गरेर यसको संरक्षणमा जुुटेपछि स्थानीयमा उत्साह छाएको मिथुुकरमका टोलनाथ कंडेलले बताउनुुभयो । लोप हुुन लागेका पिङको सरक्षणका लागि आगामी बर्ष पनि गाउँपालिका र नगरपालिकाले बजेट नै विनियोजन गरेर अघि बढने गैंडाकोट नगरपालिकाका नगरप्र्मुुख मदनभक्त अधिकारीले बताउनुुभयो ।