• २० असोज २०८१, आइतबार

भीमेश्वर मन्दिरमा बलिपूजाका लागि भक्तजनको ठूलो भिड

blog

दोलखाको भीमेश्वर मन्दिरमा लागेकाृ भक्तजनको भिड । तस्बिर : बाबुराम शर्मा

बाबुराम शर्मा 

दोलखा, कात्तिक ५ गते । बडादसैंंको आठौँ दिन प्रसिद्ध शक्तिपीठ दोलखाको भीमेश्वर मन्दिरमा भक्तजनको भिड लागेको छ । महाष्टमीको दिन भएकाले भीमेश्वर मन्दिर दर्शन तथा बलिपूजाका लागि बिहानैदेखि भक्तजनको ठूलो भिड लागेको हो । 

अनेक अवतारी भीमेश्वरको दर्शनका लागि टाढा–टाढाबाट दर्शनार्थीहरु आउनेगरेका छन् । मुलुकका विभिन्न स्थानबाट आएका भक्तजनहरु बिहानैदेखि दर्शनका लागि लामबद्ध भएका छन् । नवदुर्गाको महाष्टमीका दिन सबैभन्दा धेरै भक्तजन आएको भीमेश्वर मन्दिर तथा गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिनुभयो । 

भक्तजनलाई पूजा र दर्शनमा सहज बनाउन व्यवस्थापन समितिले सुरक्षाकर्मी र स्वयमसेवक परिचालन गरेको छ । भजनकृतन र नाचगानले मन्दिर परिसर गुञ्जिएको छ । दर्शनपछि युवायुवती, वृद्धवृद्धाहरु मन्दिरलाई पृष्ठभूमिमा पारेर फोटो खिच्ने गरेका छन् । समारचार तयार पर्दासम्म ४४६ वटा बोका र ३०६ वटा भाले कुखुरा बलि चढाइसकिएको छ । 

मन्दिर परिसर सरसफाइ गरेर चिटिक्क पारिएको छ । सरसफाइ र फराकिलो बनाएपछि भक्तजनलाई सहज भएको छ । काठमाडौँ–ऐतिहासिक सहर दोलखा सडकको छेउमा रहेको प्रवेशद्वारदेखि भक्तजन पैदल हिँडेर मन्दिरसम्म पुग्नेगर्छन् । चारैतिर देखिने मन्दिर उच्च स्थानमा  छ । 

भीमेश्वर मन्दिर धार्मिक पर्यटकीय गन्तब्यका रुपमा परिचित छ । घटस्थापनादेखि सुरु हुने विशेष पूजा कोजाग्रत पूर्णिमासम्म चल्ने व्यवस्थापन समितिले जनाएको छ ।