लीलाधर वली
घोराही, कात्तिक ५ गते । दाङको बङ्गलाचुली गाउँपालिका –५ फलिदे निवासी ब्लड क्यान्सरपीडित पूजा बुढामगरको उपचरका लागि दक्षिण कोरियामा कार्यरत रहेका नेपाली युवाहरुले करिव साढे दुई लाख रुपियाँ सहयोग गरेका छन् ।
दाङको बङ्गलाचुली गाउँपालिका तथा अन्यत्र स्थानबाट रोजगारीका लागि दक्षिण कोरिया पुगेका युवाहरुले पीडित पूजाको उपचारका लागि आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरेर संकलन गरेको दुई लाख ७२ हजार ९ सय ८५ रुपियाँ सहयोग गरेका हुन ।
पीडित पूजाको परिवारलाई बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुन र उपाध्यक्ष भक्तबहादुर जिसीले सो रकम हस्तान्तरण गर्नुभयो । बैदेशिक रोजगारीका क्रममा कोरियामा रहनुभएका बङ्गलाचुली गाउँपालिका –५ निवासी होताराम वली र बङ्गलाचुली गाउँपालिका –६ निवासी अर्जुन क्षेत्रीले अभियान चलाएर आर्थिक सङ्कलन गर्नुभएको थियो । पीडित पूजाको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।