• १ जेठ २०८१, मङ्गलबार

भन्सार छलीका सामानसहित सात जना नियन्त्रणमा

blog

बर्दिया, कात्तिक ६ गते । बर्दियाबाट प्रहरीले एक लाख ७४ हजार बराबरको सामान बरामद गरेको छ । 

बर्दिया गुलरिया नगरपालिका ७ भन्सार रोडस्थित भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको सो रकम बराबरको सामान जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । 

प्रहरीले फलफूल तथा तरकारी र सो कार्य गर्न प्रयोगमा ल्याइएका चार थान मोटरसाइकल, चार थाज साइकलसहित पाँच भारतीय नागरिक र दुई नेपाली गरी सात जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बर्दिया सूचना प्रविधि शाखाका प्रहरी सहायक हबल्दार हरिनारायण ओलीले जानकारी दिनुभयो ।