संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले इराकमा नयाँ सरकार गठन भएकामा त्यसको स्वागत गर्नुभएको छ ।
विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रलाई जोड्ने बहुपक्षीय अन्तरसरकारी मञ्च जी ट्वेन्टीका स्वास्थ्यमन्त्रीले क्षयरोग नियन्त्रणका लागि आपसी साझेदारी एवम् सहकार्य गर्न आह्वान गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लाखौँलाई रोजगारी दिनसक्ने र आर्थिक सम्वृद्धिको आधारमा विकास गर्ने लक्ष्यका साथ सुरु गरिएको रेलमार्ग र औद्योगिक पार्कको जग्गाजमिनमा देखिएको समस्या निर्वाचन लगत्तै समाधानतर्फ लागिने बताउनुभएको छ ।
सहरी विकास मन्त्री एवं दाङ –१ का सत्ता गठबन्धनका साझा उम्मेदवार मेटमणि चौधरीले विकासका लागि हो भने आफूलाई निर्धक्क भोट हाल्न अनुरोध गर्नुभएको छ ।
बागमती प्रदेश सरकारले जिल्लामा साना र टुक्रे योजनामा बजेट विनियोजन गर्ने परम्परालाई निरन्तरता दिँदै आएको छ । प्रदेश सरकार गठन भएसँगै प्रदेश सरकार मातहतका विभिन्न मन्त्रालयले टुक्रे र साना योजनालाई प्राथमिकता दिँदै बजेट विनियोजन गर्ने काम गर्दै आएका छन् ।
लिमी उपत्यकाको पैदल मार्गबाट टाक्चीमा पुगेको दुई जना पर्यटकलाई लेक लागेपछि उद्धार गरिएको छ । फ्रान्सेली नागरिक रोटेम पिटर र इजरेली नागरिक सहुल पिटर लेक लागेर बिरामी पर्नुभएको थियो । अहिले दुवै जनाको स्वास्थ्य सामान्य रहेको छ ।
राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी जलविद्युत आयोजना समयमै निर्माण थाल्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउनुभएको छ ।
नेपाली कांग्रेसले संविधानवादको जगमा लोकतन्त्रलाई समावेशी बनाउँदै शासनमा सबैको साझेदारी स्वामित्व र अपनत्व स्थावित गर्ने बताएको छ ।
नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सङ्कल्पपत्र सार्वजनिक गरेको छ ।
जिल्लाको दुर्गम बस्तीका अधिकांश विद्यालयमा दिवा खाजा कार्यक्रम निकै प्रभावकारी बन्दै गएको छ । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय तथा विश्व खाद्यान्न कार्यक्रमको आर्थिक सहयोगमा बाजुराका २३९ वटा विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु भएपछि विद्यार्थीको भर्नादर समेत बढ्दो रहेको छ ।
आइतबार मनाइने छठपर्वका लागि एक साता अघिदेखि नै तयारी सुरु भएको छ । देशैभरका विभिन्न नदिका किनार तथा छठ पर्व मनाइने स्थलमा सजावट गरिएको छ भने पर्व मनाउनका लागि आवश्यक सामाग्रीहरूको किनमेल गर्न थालेको पाइएको छ ।
नेपाली कांग्रेसको आगामी निर्वाचनको सङ्कल्पपत्र अहिले केहीबेरमा सार्वजनिक हुँदैछ ।
चितवनको माडीमा एक जनाको हत्या भएको छ । शुक्रवार राती करिब १ बजे चितवन माडी न.पा. ४ धुसेरी बस्ने वर्ष ३२ को जीवन नेपालीको हत्या भएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।
हात्तीको आक्रमणबाट घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगन्जकी ५१ वर्षीया रुगैदा खातुन हुन् ।
खेतबारी बाँझै राखेर चामल किनेर खानेहरूको सङ्ख्या बढ्दो रहेको छ । तर कपिलवस्तुकाे शुद्धोधन गाउँपालिका ५ निवासी मोहित कुमाल भने आफ्नो खेतबारी नभए पनि अरूकै बारीमा अधियाँ (कमाइको आधा-आधा) धान खेती गरेर परिवारको गुजारा चलाउँदै आउनुभएको छ ।