• १३ साउन २०८१, आइतबार

पाकेको धानले माडीफाँट बन्यो पहेँलपुर

blog

पाल्पाको माडीका किसानले लगाएको पोकेको धान । तस्बिर : रेखीराम राना

रेखीराम राना

पाल्पा, कात्तिक ६ गते । जिल्लााको विभिन्न स्थानमा धान पाकेर गह्रा तथा फाँटहरू फहेँलपुर बनेका छन् । गत असार र साउनमा किसानले रोपेका धान यतिबेला पाकेर फाँटहरू पहेँलपुर बनेका हुन् । 

पाल्पाका किसान दसैँका लागि अन्तिम तयारीमा छन् भने खेतमा पाकेका धानले भने स्याहारका लागि किसानको पर्खाइमा छन् । यो वर्ष धान दसैंको मुखमै पाकेको किसानले बताएका छन् । धान पाकेर पहेँलै भइसके पनि दसैंले धान काट्ने समय नमिलेको पाल्पा माडी कसेनीका किसान मानबहादुर कुमालले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘खेतमा सबैको धान पाकेकाले दशैंको अर्को दिनदेखि माडीफाँटमा धान काट्ने माचो हुन्छ ।’ जिल्लाको रामपुर फाँट, माडीफाँट, कचलफाँट, पूर्वखोला फाँट तथा अर्गली फाँटमा धानखेती हुनेगरेको छ । यस वर्ष अधिकांश स्थानमा धान खेतीमा रोग नलागेका कारण धान उत्पादन बढ्ने अनुमान गरिएको छ । 

पाल्पामा आठ हजार ६२० हेक्टर क्षेत्रफलमा धान खेती हुनेगरेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । यो वर्ष पानी कम परेका कारण केही स्थानमा भने धानखेती हुन सकेन ।