• २० असोज २०८१, आइतबार

राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा

blog

राष्ट्रपति रामचन्द्र पौडेल पूजापछि नवकन्याहरुसँग । तस्विर : रासस

गोरखापत्र अनलाइन

काडमाडौं, कात्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरुको महान चाड बडा दसैँ (विजया दशमी) को नवौँ दिन आज नवकन्याहरुको पूजा गर्नुभएको छ । राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति पौडेलले महानवमीको शुभ दिनमा नवकन्याहरुको पूजा गर्नुभएको हो । 

विजया दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाचौँ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी र सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ । 

विजया दशमीको पहिलो दिन एक वर्षकी कन्या, त्यसपछि क्रमशः २, ३, ४, ५, ६, ७, ८, ९ वर्षकी कन्याको पूजा गरिन्छ । वैदिक सत्य सनातन हिन्दु धर्मशास्त्रमा वर्णित विधिअनुसार हरेक दिन कन्याहरुको पूजा गर्नुपर्ने भनिए पनि सजिलोका लागि अहिले महानवमीको दिनमा एकै पटक नवकन्याहरुलाई नवदुर्गाको प्रतीक मानेर पूजा गरिने गरिन्छ । यसैक्रममा राष्ट्रपति पौडेलले आज महानवमीको दिन शितल निवासमै नवकन्याहरुको पूजा गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।