शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, कात्तिक ६ गते । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल स्वदेश फर्कनुभएको छ ।
चीनले बेइजिङमा आयोजना गरेको अन्तराष्ट्रिय सहकार्यका लागि तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी भएर उहाँ आज स्वदेश फर्कनुभएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय विदेश विभाग सचिव डा शंकर खतिवडाले जानाकारी दिनुभयो ।
गत हप्ता चीन जानुभएका पूर्वप्रधानमन्त्री खनालले अक्टोबर १८ मा तेस्रो ‘बीआरएफ’ फोरम लाई सम्बोधन गर्नुभएको थियो । चीनमा रहँदा उहाँले चीनमा आएका विभिन्न देशका तथा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग भेटघाट गर्नुभएको थियो । रासस