दुर्गा मुर्ति विसर्जनलाई ध्यानमा राख्दै आज नेपाल भारत सीमा नाका बन्द गरिएको छ । हिन्दूहरुको महान् चाड दसँैको अवसरमा विजयदशमीदेखि स्थापना गरिएका दुर्गा मूर्तिहरु धार्मिक ¥याली गर्दै सेलाउन नदीतर्फ लैजाने कार्य भइरहेको हुँदा सुरक्षा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
कपिलबस्तुमा बिजया दशमीका अवसरमा निकालिएको दुर्गा भगवतीको मुर्ति विसर्जन गरिएको छ । स्थानीय नदीनालामा बाजागाजासहित दुर्गा भगवतीको मुर्ति विसर्जन गरिएको हो ।
आर्थिक अभाव हुन थालेपछि दोलखाको भीमेश्वर नगरपालिका –२ को ऐतिहासिक सहर दोलखामा परम्परागत रुपमा प्रत्येक वर्ष मनाइँदै आएको खड्ग जात्रा थेग्न गाह्रो हुँदैआएको छ ।
शुक्लाफाँटा नगरपालिका– ३ पिपलाडीका थारु महिला दसँैंका अवसरमा देखाइने विशेष नृत्य सखिया देखाउँदै ।
दुर्गा मूर्ति विर्सजनका क्रममा नेपालगन्जमा लाठी क्लबद्वारा बुधबार आयोजित लाठी खेल प्रदर्शन कार्यक्रममा लाठी प्रदर्शन गर्दै युवाहरु ।
धादिङमा आज मात्रै अलग अलग चार स्थानमा सवारी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।
बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाको काम सुस्त गतिमा भइरहेकाले निर्माणको समय लम्बिंदै गएको छ ।
कालीकोटको सदरमुकाम मान्मवजार दसैंका बेला प्राय खाली हुन्छ । यसपालि पनि दसैंको नवौ दिनसम्म आकलझुकल मानिसको आउजाउ भएपनि बुधवारका दिन सुनसान छ । बजारमा सुरक्षाकर्मी बाहेक सर्वसाधारणको आवतजावत देखिदैन ।
नेपालगञ्मा दुर्गा मुर्ति विर्सजनमा सहभागी भक्तजन तथा मेला हेर्न आएका श्रद्धालुहरुलाई निःशुल्क खानेपानी वितरण गरिएको छ । गौरव स्मृति तथा वी योर फाउण्डेशन नेपालगन्ज –४ ले फत्तेबाल आँखा अस्पताल अगाडि निःशुल्क पानीको व्यवस्था गरेको हो ।
सर्लाही सदरमुकाम मलङ्गवामा आज बुधवार व्यापक सुरक्षाकर्मी परिचालन गरेर दुर्गा माताको मूर्ति विर्सजन गरिएको छ ।
अक्टोबर ७ मा हमासले गरेको आतङ्ककारी हमलापछि गाजामा इजराइलको जवाफी कारवाहीविरुद्ध संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको टिप्पणीलाई लिएर इजराइलले उहाँको राजीनामा माग गरेको छ ।
बडादसैको घटस्थापनादेखि नेपालगन्जमा स्थापना गरिएका दुर्गा भवानीका मूर्तिहरु बिसर्जन कार्य शान्तिपूर्ण तरिकाले भइरहेको छ । नेपालगन्जमा स्थापना गरिएका दुर्गा मूर्तिलाई राप्ती नदीमा लगेर सेलाउने काम भइरहेको छ ।
इजरायल प्रतिरक्षा फौज (आईडीएफ)ले दक्षिण सीमामा तैनाथस्थल सेना गाजामाथि ‘आक्रमण’का लागि तयार रहेको घोषणा गरेको दि जेरुसेलम पोस्टले बताएको छ ।
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि बिहीबार रुकुमपश्चिम आउनुहुने भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका –६, मग्मामा लाग्ने सहिद स्मृति मेला उद्घाटन तथा सम्बोधनका लागि प्रधानमन्त्री प्रचण्ड रुकुमपश्चिम आउनुहुने भएको हो ।