ओलम्पियन तेक्वान्दो खेलाडी संगीना वैद्यलाई संयुक्त अरब इमिरेट्स (युएई)) मा सम्मानित हुनुभएको छ ।
सत्ता गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र)ले मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आफ्नो प्रतिबद्धतापत्र सोमबार सार्वजनिक गरेको छ ।
सोलुखुम्बुको दुर्गममा पर्ने महाकुलुङ गाउँपालिका –३ का सप्तसिङ कुलुङले आफ्नो छोराको जन्मदर्ता काठमाडौंमा बनाउन पाएपछि खुसी हुँदै भन्नुभयो, “यही कामको लागि मात्र गाउँमा जानु परेको भए धेरै खर्च लाग्थ्यो, समय निकाल्न कठिन हुन्थ्यो । तर गाउँपालिकाले हामी बसेकै ठाउँमा सेवा प्रवाह गर्दा धेरै सहज भयो ।”
उदयपुरको त्रियुगा नगरपालिका –७ चुहाडे चोकमा रहेको एक व्यापारिक भवनमा आइतबार राति आगलागी हुँदा एक करोड ५० लाख रुपियाँ बढीको धनमाल जलेर खरानी भएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध सोमबार काठमाडौं जिल्ला अदातलमा नाबालिका बलात्कार सम्बन्धी मुद्दा दर्ता भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवाले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिएसँगै उम्मेदवार घरदैलो र मतदाता भेटघाटमा केन्द्रित हुनुभइको छ । मतदातालाई आकर्षित गर्न ठूला सभा र कोणसभाभन्दा पनि अनौपचारिक भेटघाट र छलफललाई प्राथमिकता दिन थाल्नुभएको छ ।
सुर्खेतको सिम्ता गाउँपालिका –६ ठिग्रीमा रहेको झोलुङ्गे पुल जीर्ण बनेसँगै जोखिम बढेको छ । ठिग्नीमा रहेको झोलुङ्गे पुल जीर्ण बनेपछि आवतजावत गर्ने नागरिकलाई जोखिम बढेको हो ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्तालाई समयसापेक्ष बढाउँदै लैजाने र पाको उमेरमा अरुको भर नपर्ने अवस्था सिर्जना गर्ने बताउनुभएको छ । गर्न सकुन्जेल अरुको आशा गर्न नहुने र नसकेका दिन भरथेग हुने किसिमको दायित्व राज्यले लिने उहाँले बताउनुभयो ।
रुपन्देहीमा कारको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । भैरहवाबाट परासीतर्फ जाँदैगरेको कारले ओमसतिया –४ पननीमा बिहान ठक्कर दिँदा एक शिशुसहित तीन जनाको ज्यान गएको हो ।
गुल्मी क्षेत्र नं २ मा पहिलेको नेकपा (एमाले) मा सहयात्रीको रूपमा काम गर्नुभएका दुई नेताहरू अहिले चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । तत्कालीन एमाले र नेकपामा रहँदा एउटै पार्टीमा रहेर काम गर्नुभएका एमाले सचिव गोकर्ण विष्ट र एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीबीच अहिले प्रतिनिधि सभा निर्वाचनका लागि प्रतिस्पर्धा हुनेभएको हो ।
नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूले कात्तिक १७ देखि मङ्सिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ ।
मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा समानुपातिक निर्वाचन प्रणालीततर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ भने पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ हालसम्म ७८ लाख ६५ हजार मतपत्र ढुवानी सम्पन्न भएको छ ।
‘दीर्घकालीन सोच, दीर्घकालीन राष्ट्रिय लक्ष्य, दीर्घकालीन मार्गचित्र’ प्रमुख नारा बनाएको राप्रपाले सोमबार निर्वाचन घोषणापत्र सार्वजनिक गरेको हो ।