• २५ असार २०८१, मङ्गलबार

उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता

blog

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ ।

काठमाडौं, कात्तिक ८ गते । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्कनुभएको छ । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उहाँलाई त्यहीँ हृदयाघात भएपछि चीनको राजधानी बेइजिङमा उपचार गराएर आज (बुधबार) स्वदेश फर्कनुभएको हो ।

यही १७ र १८ अक्टोबरमा बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)मा सहभागी भएपछि उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात भएको थियो । उहाँको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिटलमा पाँच दिनसम्म उपचार भएको थियो । रासस