नेपाली सेनासहितको सुरक्षा फौज शान्ति सुरक्षा कायम गराउन मङ्गलबार रातिदेखि परिचालित भएपछि यहाँको जनजीवन आजदेखि सामान्य बन्दै गएको छ ।
सप्तरीको राजविराजस्थित रहेको कारागारबाट करिब एक सयभन्दा बढी कैदीबन्दी फरार भएका छन् । जेलर गंगालाल योगीका अनुसार कारागारमा हाल ३९८ जना कैदीबन्दी रहेकोमा सोमध्ये एकसयभन्दा बढी कैदी फरार भएको पुष्टि भएको छ ।
सुरक्षाकर्मी र प्रदर्शनकारी गरेर सात सय घाइते भएकामध्ये चार सय १३ जना उपचारपछि डिस्चार्ज भएका छन्।
झापा एफसी एन्फा राष्ट्रिय महिला लिगमा छनोट भएको छ । प्लेअफ खेलमा राप्ती फुटबल क्लबलाई १–० गोलले हराउँदै झापा लिगका लागि छनोट भएको हो ।
जेनजी आन्दोलनका क्रममा देशभरका सरकारी कार्यालयमा तोडफोड तथा आगजनी भए पनि लुम्बिनी प्रदेशको प्रशासनिक भवन सुरक्षित छ।
नेकपा (एस) का नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको आइसियूमा उपचार भइरहेको छ। जेनजी आन्दोलनमा आगजनीमा पर्नुभएकी चित्रकारको कीर्तिपुरको बर्न अस्पतालको आइसियूमा राखेर उपचार भइरहेको अस्तपतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले जानकारी दिनुभयो।
नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा भदौ २९ गते पोखरा हुन लागेको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रम स्थगित गरिएको छ ।
ताप्लेजुङमा जेनजी पुस्ता (समूह) ले गरेको तोडफोड र आगजनीबाट फुङ्लिङ नगरपालिकाको महत्त्वपूर्ण कागजातसहित भौतिक संरचनामा क्षति पुगेको छ ।
साँझ साढे ५ बजेतिर कारागारको ‘ख’ ब्लकमा रहेका १२४ जना कैदीबन्दीले मूल गेटमा तोडफोड गर्दै कारागारबाट भागेका हुन्।
दुशान्बेस्थित पामिर रङ्गशालामा मङ्गलबार राति भएको समूहको अन्तिम तथा तेस्रो खेलमा नेपाल फिलिपिन्ससँग ४–० गोलले पराजित भयो ।
काठमाडौं महानगरपालिकाले भदौ २४ गतेको तोडफोड र आगजनीका घटनापछि नष्ट भएका सामग्रीको व्यवस्थापन र सरसफाइ अभियान सुरु गरेको छ ।
सुदूरपश्चिको प्रमुख नाका गौरीफन्टा नाकाबाट भारत प्रवेशमा नेपालीलाई रोक लगाइएको छ । नेपालमा भएको पछिल्लो घटनाका कारण गौरिफन्टा नाकाबाट नेपाली नागरिकलाई भारत प्रवेशमा रोक लगाइएको हो ।
कारागार कार्यालय कञ्चनपुरमा २४ कैदीबन्दी फर्किएका छन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अनिश्चिकालका लागि बन्द भएको छ ।
व्यास नगरपालिकाभित्र रहेका दलका कार्यालयहरू, अदालतदेखि कारागारसम्म, करिब सबै मुख्य सरकारी निकायमा तोडफोड र आगजनी हुँदा कागजातदेखि सवारीसाधनसम्म जलेर नष्ट भएका छन् ।