नेपाली सेनालगायत अन्य सुरक्षा निकायहरू देशभर परिचालनमा रहेपछि पछिल्लो १२ घण्टामा विध्वंसात्मक तथा अराजक गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरिएको छ ।
कारागार कार्यालय गौर, रौतहटबाट दुई सय ६० जना कैदीबन्दी मङ्गलवार राति फरार भएका छन् । फरार भएकामध्ये दुई महिला र दुई सय ५८ पुरुष रहेका छन् ।
भदौ २५ गते बुधबार सिमकोट गाउँपालिकाले शोक बिदा दिएको छ । भदौ २४ र २५ गते भएको प्रदर्शनका क्रममा मृत्यु हुने नागरिकको सम्झना गर्दै गाउँँपालिकाले एक दिन शोक बिदा दिएको हो ।
बैतडी जिल्ला कारागारमा रहेका सबै कैदीबन्दी सोमबार साँझ कारागार तोडफोड गरी फरार भएका छन् ।
जिल्ला प्रशासन कार्यालय बागलुङले मुख्य चार बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
नेपाली सेनाले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कायम राख्दै देशको जनजीवन सामान्य बनाउने आ–आफ्नो दायित्वलाई हरेक नागरिकले निरन्तरता दिने विश्वास व्यक्त गरेको छ ।
काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दैगएको छ । नेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन भएपछि यहाँको जनजीवन क्रमशः सामान्य बन्दैगएको हो ।
चितवनको भरतपुर रहेको कारागारबाट कैदीबन्दी भागेका छन् । कारागारमा आगो लगाएर कैदीबन्दी भागेका हुन् ।
बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधारगृहमा मङ्गलबार राति सुरक्षाकर्मीसँग झडप हुँदा पाँच जनाको बालबन्दीको मृत्यु भएको छ ।
सर्लाही जिल्लाभर अर्को आदेश जारी नहुन्जेलसम्मका लागि बुधबार बिहानदेखि कर्फ्यु आदेश जारी भएको छ ।
आज र भोलि पुँजी बजारमा शेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले सूचना जारी गरेर यस्तो जानकारी दिएको हो ।
नेपाली सेनाले विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुलुकभर आज बेलुकी ५ बजे (१७ः०० बजे) सम्म निषेधाज्ञा निरन्तर रहने जनाएको छ ।
प्रक्रियागत झन्झटका कारण कोशी प्रदेश सरकारले सञ्चालन गरेको कृषि कर्जा ब्याज अनुदान कार्यक्रमप्रति किसानको आकर्षण नभएको पाइएको छ ।
टेक्ससका उद्यमी तथा समाजसेवी हरिबोल भण्डारीले मङ्गलबार बिहान आफ्नै निवासस्थान ग्रेनवरीमा आत्महत्या गर्नुभएको छ । उहाँको आत्महत्याको कारण भने खुलेको छैन ।
जिल्ला कारागार शाखा म्याग्दीमा रहेका ८८ मध्ये ७६ जना कैदीबन्दीहरु भागेपछि जिल्ला प्रसासन कारर्यालयले कर्फ्यु आदेश जारी गरेको छ ।