असोज दोस्रो साता रोसीखोलामा आएको बाढीका कारण पूर्ण रूपमा क्षति भएको बिपी राजमार्गको कटुन्जेदेखि बर्खेखोलासम्मको सडकलाई चार खण्डमा विभाजन गरेर पुनर्निर्माण गरिने भएको छ ।
हरिनास गाउँपालिका–४, राम्चेका २० घरधुरीले बिहानको खाना जङ्गलको एउटै भान्सामा खान थालेको दुई महिना भयो । उनीहरूले खाना मात्रै सँगै खाएका छैनन्, उत्पादनसँग जोडिन रोदीबारी जङ्गल फँडानी गरेर १४० रोपनी जमिनमा सामूहिक अदुवा रोप्न थालेका छन् ।
गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगामका चर्चित कवि तथा समालोचक डा. टंक पन्थलाई जानकी साहित्य पुरस्कार प्रदान गरिने भएको छ ।
मकै पकेट क्षेत्र घोषणा भएलगत्तै नवलपरासीस्थित सुनवल नगरपालिका वडा ३ ले कृषकलाई अनुदानमा मकैको कृषि औजार वितरण गरेको छ ।
वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । ९७ वर्षीय पत्रकार रिसाल अस्वस्थ हुनुभएपछि आइतबार फ्रन्टलाईन अस्पताल बानेश्वर भर्ना गरिएको थियो । उहाँका भाइ पुरु रिसालका अनुसार उहाँको निधन आज साँझ पौने ८ बजेतिर भएको हो ।
नवलपरासी पश्चिमका किसानहरुलाई यतिबेला गहुँ काट्ने चटारो छ । एक हप्तादेखि उनीहरु गहुँ काट्न व्यस्त भएका हुन् ।
विराटनगरमा जारी चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा फार्मेन्स क्रिकेट एकेडेमी पटनाले भारतको दिल्ली युथ क्लबलाई ८ विकेटले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत भुक्तानी दिनुपर्ने दायित्व १६ अर्ब ४५ करोड पुगेको छ । स्वास्थ्य बिमा बोर्डले आज यहाँ पत्रकार सम्मेलनमार्फत स्थिति पत्र सार्वजनिक गर्दै आम्दानी कम तथा खर्च बढी हुँदा वित्तीय असन्तुलन, बोर्डको विश्वसनीयता तथा वित्तीय दिगोपना कायम राख कठिन देखिएको बताएको छ ।
पाँचथर उद्योग बाणिज्य संघको नया नेतृत्व चयनका लागि आइतबार भएको निर्वाचनमा नौ सय ६२ जनाले मतदान गरेका छन ।
हिन्दू धर्मावलम्बीको चैते दशैको नवमीको दिनमा पश्चिम नेपालको प्रशिद्ध शक्तिपिठ नेपालगञ्जको बागेश्वरी मन्दिरमा यक्ष र मोक्ष पाउने आशामा त्रिशुलले जिब्रो छेडेर माता बागेश्वरीको पूजा गर्ने परम्परा परापूर्वकालदेखि चल्दैआएको छ। आज डेढसय बढिले जिब्रो छेडेका छन् ।
तीनकुने घटनाको न्यायिक छानबिन गरी जवाफदेहिता सुनिश्चित गर्न र त्यस्तो हिंसात्मक घटना पुनः नदोहोरिने सुनिश्चित गर्न माग गरिएको छ।
मोबाइल व्यवसायमा संलग्न युवाको पेसागत संगठन नेपाल मोबाइल वितरक संघको तेस्रो महाधिवेशनबाट अध्यक्षमा रघु त्रिपाठी निर्वाचित हुनुभएको छ।
अफगानिस्तान यु–१९ टोलीविरुद्धको एकदिवसीय शृङ्खलामा नेपाल लगातार पराजित भएको छ। आज भएको दोस्रो खेलमा नेपाली यु–१९ टोली अफगानिस्तानसँग एक रनले पराजित भएको हो। योसँगै अफगानिस्तानले नेपालविरुद्धको शृङ्खला एक खेल अगावै जितेको छ। यसअघि पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १३० रनले पराजित भएको थियो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चैत १५ गतेको तीनकुने-घटनामा ज्यान गुमाउनुभएका पत्रकार सुरेश रजकका परिवारलाई भेट्नुभएको छ ।
फेदीखोला–२ को हिमशिखर क्लबले चैते दशैंको अवसरमा आायोजित पुरुष भलिबल प्रतियोगितामा मट्टीखान भिड रिसोर्टले उपाधि जितेको छ ।