दाङमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेकामध्ये एक जनाको मृत्यु भएको छ ।
महोत्तरीको पिपरा गाउँपालिकामा बुधवार टयाक्टरले किचिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका –४ बस्ने ३५ वर्षका कृष्णकुमार मिश्र रहेका छन् ।
आयोजक अष्ट्रेलियालाई हराउँदै इङ्ल्यान्ड फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सिड्नीस्थित अस्ट्रेलिया रंगशालामा बुधबार भएको खेलमा इङ्ल्यान्डले अष्ट्रेलियालाई ३–१ गोलले हरायो ।
सरकारले स्वास्थ्यकर्मीको निगरानीमा मात्र एन्टीमाइक्रोबियल औषधिको सेवन गर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले यस्तो आग्रह गर्नुभएको हो।
नेपाल संस्कृत विश्वविद्यालयमा विभिन्न विद्यार्थी सङ्घ सङ्गठनले लगाएका ताला खुलेको छ । स्वतन्त्र विद्यार्थी युनियन, अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घले विभिन्न मागहरू राख्दै तालाबन्दी गरेका थिए ।
प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले आफ्नो जिम्मेवारीमा खरो रूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताउनुभएको छ ।
कैलालीमा खान योग्य जङ्गली च्याउ (बेम्टी) मासुभन्दा महँगोमा बिक्री भइरहेको छ । स्थानीयले जङ्गलबाट खोजेर ल्याएको च्याउ प्रतिकेजी एक हजार ६०० रुपियाँमा बिक्री भइरहेको हो ।
त्रिभुवन विमानस्थलबाट बरामद सुन प्रकरणमा थप चार जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
बनमा पशु चराउन जानु भएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिंह सार्की भीरमा चिप्लेर लड्दै लडेर मृत्यु हुनुभएको छ ।
काठमाडौँ महानगरपालिकाले आँखा पाकेका विद्यार्थीलाई घरमा आरामको व्यवस्था मिलाउन आग्रह गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको त्रिभुवन विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्ने बताउनुभएको छ ।
गोरखापत्र दैनिकमा कार्यरत पत्रकार चाँदनी हमाल र द राइजिङ नेपालका पत्रकार आशिषकुमार मिश्रले ‘इयू मानव अधिकार पत्रकारिता पुरस्कार–२०२३’ प्राप्त गरेकोमा ललितपुर महानगरपालिकाले सम्मानसहित बधाई दिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै जिल्लामा यसै आर्थिक वर्षमा दादुरा–रुवेला रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले दिगो विकासका लक्ष्यहरू हासिल गर्न सरकार कटिबद्ध भएर लागेको बताउनुभएको छ ।