बारा जिल्लामा हालै भएका प्रदर्शनले ठूलो जनधनको क्षति पुर्याएकाले थप जोखिमबाट बच्न बुधबार बिहान ६ देखि दिउँसो ३ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ ।
१. सुडानको डार्फरमा एक हजार जनाभन्दा बढी मानिसको ज्यान जाने गरी भीषण पहिरो कहिले गएको हो ? – सन् २०२५ अगस्त ३१ २. नेपालमा पहिलो पटक एकै व्यक्तिमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण कहिले गरियो ? – विसं २०८२ भदौ ९
जेनजी आन्दोलन चर्किएसँगै दाङमा करोडौं मूल्यबराबरको भौतिक संरचना नष्ट भएको छ । प्रदर्शनकारीले व्यापक तोडफोड र आगजनी गरेपछि जिल्लाभरका विभिन्न सरकारी तथा राजनीतिक पार्टीका कार्यालयहरु पूर्णरूपमा क्षतिग्रस्त बनेका छन् ।
१. जनसम्पर्क व्यवस्थापन भनेको के हो ? सार्वजनिक प्रशासनमा जनसम्पर्क व्यवस्थापनको महत्व उल्लेख गर्दै जनसम्पर्कलाई प्रभावकारी बनाउने उपायहरू प्रस्तुत गर्नुहोस् । सङ्गठन र यसका सरोकारवालाबिचको सम्बन्धलाई विश्वासिलो र दिगो बनाइराख्न गरिने व्यवस्थापकीय कार्यलाई समग्रमा जनसम्पर्क व्यवस्थापन भनिन्छ । सङ्गठनको प्रतिष्ठा, ख्याति र सङ्गठनप्रतिको विश्वसनीयता कायम राख्न
इन्द्रजात्राका अवसरमा मनाइने भक्तपुरको मुपात्र र याँमता जात्रा मङ्गलबारबाट सुरु हुँदै छ । विभिन्न धार्मिक ग्रन्थका आधारमा तयार पारिएको जात्रा भक्तपुरमा तीन दिन मनाइन्छ ।
विश्व सम्पदा सूचीमा रहेका चाँगुनारायण मन्दिर व्यवस्थापन नहुँदा अस्तव्यस्त बनेको छ । नेपालकै सबभन्दा पुरानो धरोहरका रूपमा परिचित १८ सय वर्ष अगाडि निर्माण भएको चाँगुनारायण मन्दिर सञ्चालन एवं व्यवस्थापन पुजारी, स्थानीयवासी र स्थानीय सरकारबिच चाँगुनारायण एकीकृत विकास कोषका रूपमा जान नसक्दा मन्दिरको अस्तित्वमाथि नै सङ्कट पर्न थालेको छ ।
सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चित बनेको छ । जेनजीको प्रदर्शनका क्रममा मङ्गलबारसमेत उपत्यकाका सबै अदालतको सुनुवाइ रोकिएको थियो । सर्वोच्च अदालत, नेपाल बार एसोसिएसनलगायतमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेपछि सर्वोच्चको सुनुवाइ अनिश्चित बनेको हो ।
नेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउ परेका छन् ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो ।
नेपाली सेनाले नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न आज मंगलबार रातीको १० बजेबाट दृढ रहने प्रतिबद्धता व्यक्त गरेको छ । साथै सेनाले सम्पूर्ण राष्ट्रबासीलाई सहयोगको लागि हार्दिक अपिलसमेत गरेको छ ।
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले सम्बोधन गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गर्नुभएको छ ।
जेनजी समर्थकले सुदूरपश्चिम प्रदेश सभा भवनसहित विभिन्न मन्त्रालय, सरकारी कार्यालय, राजनीतिक दलका पार्टी कार्यालयमा आगजनी गरेका छन्।
रुकुमपश्चिममा रहेको कारागार कार्यालयबाट कैदीबन्दी भागेका छन्। कारागार रित्तो पारेर सबै कैदीबन्दी भागेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संयमता अपनाउँदै राष्ट्रिय सम्पत्तिको संरक्षणमा सबैलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले सामूहिक राजीनामा दिने निर्णय गरेका छन् ।