प्रधानमन्त्री केपी शर्मा ओलीले कृष्ण जन्माष्टमी र गौरा पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले प्रेम र सौन्दर्यका प्रतीक श्रीकृष्णमा नमन भन्दै सबैलाई कृष्णजन्माष्टमी र गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको हो ।
थारु समुदायमा आज अष्टिम्की पर्व मनाइँदै छ । श्रीकृष्ण जन्माष्टमीको दिनदेखि दुई दिनसम्म अष्टिम्की पर्व मनाउने चलन रहेको छ ।
सुर्खेत बहुमुखी क्याम्पस प्रमुखले सहमति विपरीत करार प्रक्रिया थालेको भन्दै प्राध्यापक सङ्गठनहरूले विरोध गरेका छन् । विभिन्न प्राध्यापक सङ्गठनहरूले ध्यानाकर्षण जनाउँदै निर्णय सच्याउन अनुरोध गरेका छन् ।
हमासले युद्धविराम सम्झौताका लागि इजरायलले राखेका ‘नयाँ सर्तहरू’ आफूहरूलाई अमान्य भएको भन्दै हमासको प्रतिनिधिमण्डल वार्ताबाट पछि हटेको छ ।
म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे भिरमा पहिरो जाँदा बेनी–जोमसोम सडक खण्डको सोझो यातायात सेवा बन्द भएको छ । मुस्ताङका पर्यटन व्यवसायी अमृत सुवेदीका अनुसार बिहान १० बजेपछि पहिरो जाँदा ठुला ढुङ्गा सडकमा थुप्रिएकाले सोझो यातायात सञ्चालनमा अवरोध भएको हो ।
विद्यार्थीहरूलाई विभिन्न चाडपर्व लक्षित पोसाक खरिद गर्न विद्यालयहरूले गर्ने गरेको बाध्यात्मक अवस्था अन्त्य गराउन भरतपुर महानगरले निर्देशन दिएको छ ।
पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले सोमबार कम्तीमा २२ जनाको गोली हानी हत्या गरेको सरकारी अधिकारीहरूले बताएका छन् ।
ओमानका विदेशमन्त्री सैयद बदर बिन हमाद बिन हमूद अल्बुसैदी सोमबार काठमाडौँ आउँदै हुनुहुन्छ ।
जुम्लामा अवैध हतियार सहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार जुम्लाको गुठिचौर गाउँपालिका-१ घर भई हाल पातारासी गाउँपालिका-५ लासी बजारस्थित मोटरसाइकल ग्यारेज भएका अन्दाजी ३२ वर्षका सूर्य बहादुर महतारालाई अवैध हातहतियार सहित पक्राउ गरिएको हो ।
प्रधानमन्त्री केपी शर्माले ओलीले अहिलेको सरकार मुलुकमा स्थिरता र विकासका लागि गठन भएकाले यसले संविधान र कानुन विपरीत अपराधीलाई छुट दिन वा निर्दोषलाई फसाउन कुनै पनि दबाब नदिने स्पष्ट गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ ।
राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी कोरिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडकखण्डमा पर्ने केराबारीमा आयोजना र ठेकेदारको लापरबाहीका कारण नयाँ पहिरो उत्पत्ति भएपछि जोखिम बढेको छ ।
प्रत्येक वर्ष भाद्रकृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्णमन्दिरमा बिहानदेखि भक्तजनको भिड लागेको छ ।
गृहमन्त्री रमेश लेखकले जनताको मुद्दालाई प्राथमिकता राख्न नेपाल प्रहरीलाई निर्देशन गर्नुभएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरूको समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री लेखकले जनताको मुद्दालाई प्राथमिकतामा राख्दा प्रहरीको मुद्दा पनि सँगै समावेश हुने बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले सिधनियाघाटस्थित बैकुण्ठधाम निर्माण गर्नका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।