सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्गमा यातायात व्यवसायीले प्रहरी गस्तीले आफूलाई निकै सास्ती हुने गरेको गुनासो गरेका छन् । व्यवसायीले राजमार्गमा प्रहरीले अनावश्यक दुःख दिने गरेको र धेरै ठाउँमा प्रहरी चेक पोस्टले गर्दा प्रहरीलाई मस्ती र आफूहरूलाई सास्ती हुने गरेको गुनासो गरेका हुन् । केही दिनअघि कर्णालीका मुख्यमन्त्रीको कार्यालयमा पुगेका यातायात व्यवसायीले राजमार्गको २३२ किलोमिटरको दुरीमा २४ वटा प्रहरी चेक पोस्ट भएकाले अनावश्यक सास्ती भोग्नु परेको गुनासो पोखेका छन् । लगत्तै मुख्यमन्त्री यामलाल कँडेलले तत्काल आवश्यकताभन्दा बढी प्रहरी चेक पोस्ट हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको थियो ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले युवा नीति, २०८० को मसौदा तयार गरेको छ । मसौदामा कर्णाली प्रदेशमा युवाको जनसङ्ख्या ३५.९ प्रतिशत रहे पनि सो अनुपातमा युवालक्षित नीति तथा कार्यक्रम नभएको उल्लेख छ । यस्तै यस प्रदेशमा कुल जनसङ्ख्याको ९.७ प्रतिशत पूर्ण बेरोजगार भएको र करिब ९० प्रतिशत युवा कमाइका लागि भारतमै निर्भर रहेको जनाइएको छ । युवालाई सामूहिक तरकारी, फलफूल खेती, पशुपन्छीपालन तथा बाँझो जग्गालाई उपयोग गर्न प्रोत्साहनका लागि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराइनुपर्ने सो मसौदामा उल्लेख छ । यसका साथै यस प्रदेशमा प्रचुर सम्भावना रहेको उद्योग, पर्यटन, जडीबुटी, जल र जङ्गलमा आधारित उद्योग खोल्नुपर्ने र ती काममा युवालाई परिचालन गर्न सकिने भएकाले त्यस्ता क्रियाकलापलाई हौसला दिइनुपर्ने उल्लेख गरेको छ ।
पाल्पामा हरेक वर्ष निकालिने ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा आज हुँदैछ । नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा कृष्ण जन्माष्टमीको भोलीपल्ट उक्त जात्रा निस्कने परम्परा रही आएको छ ।
इलाममा दुई सय वर्ष लामो इतिहास बोकेको निसान पदमार्ग पहिचान गरी कार्यान्वयनका लागि अन्तिम रूप दिइने तयारी भएको छ । नेपाल–अङ्ग्रेज युद्धपछि विक्रम संवत्
निर्माण सुरु भएको पाँच वर्ष पुग्दासमेत चौतारा मिनी रङ्गशालाले अझै पूर्णता पाउन सकेको छैन । ४१ करोड ६२ लाख रुपियाँ लागतमा साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी निर्माण सम्झौता भएको उक्त रङ्गशालाको काम ५० प्रतिशत पनि सम्पन्न भएको छैन ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दनुवार भाषा
कालीकोट, भदौ ११ गते । कालीकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका–९ बडिमालिका नजिकै रहेको त्रिवेणी पाटन क्षेत्र । तस्बिरः रासस
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
कर्णाली प्रदेशमा अझै पनि दरबन्दी अनुसार ठुलो सङ्ख्यामा कर्मचारीको पदपूर्ति हुन सकेको छैन । कर्मचारी अभावकै कारण बर्सेनि सरकारको कार्यसम्पादनमा नकारात्मक असर पर्दै आएको छ । प्रदेशका लागि तय भएका दरबन्दीमा ठुलो सङ्ख्यामा प्राविधिक जनशक्तिको अभाव छ । जसले कर्णाली सरकारको कार्यसम्पादनमा असर परेको छ । विकास बजेट कार्यान्वयनमा पनि उत्तिकै जटिलता आउने गरेको छ । जसका कारण प्रदेश सरकारको औचित्यमाथि बारम्बार प्रश्नचिह्न खडा हुँदै आएको छ ।
सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा धार्मिक पूजाआराधनाका साथै एकआपसमा सामाजिक सद्भाव साटासाट गरेर हर्षोल्लासका साथ मनाइएको छ । सुदूरपश्चिमका अतिरिक्त विभिन्न पेसा, व्यवसाय तथा रोजगारीको सिलसिलामा देशविदेशमा रहेका सुदूरपश्चिमेलीले गौरामाताको पूजाआजा तथा न्याउल्या र देउडा खेल खेलेर गौरा पर्व मनाएका छन् । पहाडी जिल्लाका गाउँबस्तीमा गौरा पर्वको चहलपहल सुरु भएसँगै यसको मौलिकता भने मासिँदै जान थालेको छ । पर्वहरूको दैलो उघार्ने चाडका रूपमा मनाइँदै आएको गौरा पर्वमा प्रसादका रूपमा ग्रहण गरिने बिरुडा (पञ्च अनाज) र दुब धागो भारतबाट आयात हुने गरेको छ ।
उग्रतारा–मेलौली सडकमा पर्ने खोलामा मोटरेबल पुल निर्माण नहुँदा आवतजावतमा समस्या हुने गरेको छ । सडक कालोपत्रे भए पनि खोलामा पुल बन्न नसक्दा बर्खायाममा आवतजावतमा समस्या भएको हो । यस सडकखण्डको बसानागाडमा पुल नहुँदा मोटरसाइकलमा क्षति हुने गरेको स्थानीय राम खत्रीले बताउनुभयो । एक साताअघि खोला तर्दा मोटरसाइकल बग्नबाट जोगिएको र कागजपत्र भिजेको खत्रीले बताउनुभयो । डडेलधुराको उग्रतारा मन्दिरदेखि बैतडीको तल्लो स्वराड क्षेत्र मेलौली भगवती मन्दिरसम्म जोड्ने उग्रतारा–मेलौली सडकखण्ड निर्माण सुरु भएको करिब चार दशक बितेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित ओखरबोटेमा स्थापना गरिएको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग तत्कालीन १ नं. प्रदेश (हाल कोशी प्रदेश)का तत्कालीन मुख्यमन्त्री शेरधन राईले वि.सं. २०७७ चैत–२१ गते उद्घाटन गर्नुभएको थियो ।
बुढीगङ्गा नगरपालिका–१०, बदेडा र बाहुनगाउँको बिचमा पर्ने ‘राम हेर्ने डाँडा’ ले आन्तरिक पर्यटक लोभ्याउन थालेको छ । यो डाँडामा नेपालका ११ वटा झन्डा राखिएको छ । प्राकृतिक भूबनोटका कारण आफैँमा रमणीय राम हेर्ने डाँडामा लहरै नेपालको झन्डा राखिएका छन् । यतिबेला यहाँ घुम्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको बुढीगङ्गा–८ का समाजसेवी कृष्णबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “बाह्रबिसदेखि सोलाला र सोलालादेखि बाह्रबिस आउजाउ गर्नेहरू यो डाँडामा आराम गर्ने र रमाइलो गर्ने गर्थे । त्यसै ठाउँमा झन्डा राखेर हावामा फरफराउन थालेपछि घुम्न आउने बढेका छन् ।” डाँडामा भौतिक पूर्वाधार, खानेपानी, प्रतीक्षालय, शौचालय, वनभोज स्थल निर्माण गर्न सके थप आकर्षण बढ्ने र स्थानीयको आयआर्जनमा थप टेवा पुग्ने भनाइ समाजसेवी थापाको छ । सिगाडा गाउँको माथिल्लो भागमा रहेको राम हेर्ने डाँडाबाट बाजुराका साथै अछाम जिल्ला पूरै अवलोकन गर्न सकिन्छ । यहाँबाट अछामको बाब्ला साँफेबगर, कुस्कोट, ठाँटी, नन्देगडालगायतका विभिन्न गाउँबस्ती देख्न सकिन्छ ।
सगरमाथा संवाद समिति र नेपाल संवाद समितिलाई गाभेर २०१८ सालमा स्थापना भएको राष्ट्रिय संवाद समिति नै आजको राष्ट्रिय समाचार समिति (रासस) हो । एउटा कोठाबाट सुरु भएको रासस परिष्कृत हुँदै आजको अवस्थामा आइपुग्नुमा आमसेवाग्राही सञ्चारमाध्यमसँगै आमनागरिकको पनि उत्तिकै सहभागिता र योगदान रहेको कुरामा दुईमत छैन ।
काभ्रेको खानीखोला गाउँपालिकाको तीन सय २३ परिवारलाई घरघरघै खानेपानी उपलब्ध गराइएको छ । गाउँपालिकाको ‘एक–घर–एक धारा’ अभियान कार्यक्रमअन्तर्गत दुई खानेपानीका योजना सम्पन्न भएपछि दुई सातामा वडा नं ३, ४ र ५ को परिवारका घरमै खानेपानी उपलब्ध गराएको जनाइएको छ ।