जिल्ला कारागार जुम्लाबाट ३६ जना कैदीबन्दी भागेका छन् । कारगार भित्र रहेका हतियार र दाउराको प्रयोग गरी मङ्गलबार राति ११ बजेतिर कैदिबन्दी भागेको प्रहरीले जनाएको छ ।
देशमा शान्तिसुरक्षा तथा अमन चइन कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय अहोरात्र खटिएका जनाउँदै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा अवाञ्छित गतिविधि हुननदिनेतर्फ सचेत रहन तथा निरन्तर निगरानी गर्न आम नेपाली नागरिकमा आग्रह गरेको छ ।
हाल देशभर मनसुनको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको बताएको छ ।
तनहुँ कारागारबाट मङ्गलबार साँझ ३२७ जना कैदीबन्दी फरार भएका छन् । जेनजी आन्दोलन चर्किएपछि सदरमुकाम दमौलीस्थित विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी भइरहेका बेला कैदीबन्दी पनि भागेका हुन् ।
चलचित्र सङ्घको आह्वानमा मङ्गलबार देशभरका फिल्म हल बन्द भएका छन् । जेन जीको प्रदर्शनमा प्रहरीको गोलीबाट मृत्यु भएका १९ जनाको शोकमा हल बन्द गरिएका हुन् ।
चलचित्र ‘मोहर’ हेर्दा ‘सुनको मोहर’ जित्ने निर्माण पक्षले ‘अफर’ ल्याएको छ । चलचित्र प्रदर्शन भएको एक महिनापछि दर्शकका लागि ‘सुनको मोहर’ जित्ने अफर ल्याएको हो ।
जेनजीहरुको प्रदर्शनका कारण जिल्लाका घोराही, तुलसीपुर र लमहीमा रहेका सरकारी कार्यालय, पार्टी कार्यालयसँगै नेताहरु घरमा तोडफोडसँगै आगजनी भएको छ ।
‘जेनजी’ आन्दोलनको दोस्रो दिन राजधानीका विभिन्न स्थानका ठुला व्यावसायिक र व्यापारिक संरचनामा तोडफोड र आगजनी भएको छ । तोडफोड र आगजनीमा होटेलदेखि चर्चित व्यावसायिक समूहका सोरुमसम्म परेका छन् ।
नेपाल–चीन उत्तरी कोरला नाकामा चिनियाँ सामान ढुवानीका लागि दर्जनौँ कन्टेनर त्यहाँ पुगेका छन् । भन्सार विभागले कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयलाई सक्रिय बनाएसँगै त्यहाँको नाकाबाट सामान ढुवानी गर्न व्यापारीका दर्जनौँ कन्टेनर त्यहाँ पुगेका हुन् ।
देशकै ठुलो तरकारी बजार कालीमाटीमा उपत्यकावासी उपभोक्ताका लागि आएको तरकारी बिक्री हुन नपाएर थन्किएको छ । ‘जेनजी’ युवाको आन्दोलनका कारण कालीमाटी क्षेत्र बिहानदेखि नै तनावग्रस्त भएपछि सोमबार रातिदेखि मङ्गलबार बिहान ९ बजेसम्म उपत्यकाबाहिरबाट आएका तरकारी साना बजार र तरकारीका खुद्रा बजारमा जान नपाएर थन्किएको हो ।
नेपालका निजी क्षेत्रले युवाको चाहना अनुरूप समुन्नत समाज निर्माणमा योगदान दिन सबैमा आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले ‘जेनजी’ पुस्ताले विभिन्न सुधारका माग राखी सञ्चालन गरेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख, प्रदर्शनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
आन्दोलनरत जेनजी समूहले मङ्गलबार तनहुँका विभिन्न स्थानमा तोडफोड र आगजनी गरेका छन् । निषेधाज्ञा उल्लङ्घन गर्दै उनीहरूले मालपोत कार्यालयमा आगजनी गर्नुका साथै व्यास नगरपालिका, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जिल्ला सिँचाइ कार्यालय, डिभिजन वन कार्यालय, शैक्षिक तालिमकेन्द्रलगायतका कार्यालयका सवारीसाधनमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
जेनजी पुस्ताले गरेको दुई दिनको आन्दोलनले मुलुकका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) को शक्तिशाली सरकार ढलेको छ । सरकारको नेतृत्व गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनको दोस्रो दिन राजीनामा दिएसँगै
विकास मानवीय आवश्यकता पूर्ति गर्ने गतिशील प्रक्रिया हो । प्राकृतिक स्रोत कुनै पनि मुलुकको विकास र समृद्धिको पहिलो आधार हो । दिगो विकासका लागि भौतिक तथा मानवीय साधनका साथै प्राकृतिक साधनको निकै महत्वपूर्ण स्थान छ ।
मानव सभ्यता र विकासबारे जिज्ञासा राख्दा करिब २० हजार वर्षपूर्व हाम्रा पुर्खा जङ्गली अवस्थामा रहेको अनुमान गरिन्छ । उनीहरूको जीवनशैली फिरन्ते र जनावर झैँ गुफामा वा ओढारमा बसी जङ्गली हिंस्रक जनावरबाट बच्ने उपायतर्फ लाग्न थालेका थिए ।