आइतबार कागबेनीमा रामनवमीका दिन आफ्ना पितृ उद्वारका लागि श्राद्व गर्न लागेको भिड
किरण पुस्तकालय तम्घास गुल्मीले प्रदान गर्दै आएको ‘जानकी साहित्य’ पुरस्कार कवि तथा समालोचक डा. टंक पन्थलाई प्रदान गरिने भएको छ।
ताप्लेजुङ जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ। सङ्घीय सरकारको सहयोगमा प्राप्त स्वास्थ्य सामग्री स्वचालित बाह्य डिफिब्रिलेटर (एइडी) मेसिन जिल्ला अस्पताललाई उपलब्ध गराइएको हो।
चैते दशैँ मेलाका अवसरमा आइतबार सुन्दरबजार नगरपालिका–११ ऐतिहासिक तुर्लुङकोटमा छेलो प्रतियोगिता गरिँदै।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष डोटीको खप्तड इन्जिनियरिङ क्याम्पस सञ्चालनका लागि आगामी बजेटमा कार्यक्रम समावेश गर्न आज मागपत्र बुझाइएको छ।
दाङको घोराही उपमहानगरपालिका–१२ स्थित हापुर, रमाना क्षेत्रमा गहुँ काट्दै गरेका स्थानीय किसान। यतिखेर दाङका खेतबारीहरूमा गहुँ काट्ने र भित्र्याउने चटारो चलिरहेको छ।
राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाहीले पोखरा–३ नदीपुरमा एलिट भलिबल एकेडेमी सञ्चालन गर्नुभएको छ ।
चैत्राष्टमी मेलाको अवसरमा कालिका बालउद्यान बागलुङमा आयोजित ‘कालीका कप’ पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि गलकोट र जैमिनी नगरपालिका खेल्ने भएका छन् ।
कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका अशोक गौतम विजयी हुनुभएको छ।
महोत्तरी जिल्लासहित आसपास जिल्लाहरूको वायु प्रदूषित हुँदा आमनागरिकको दैनिकी असहज बन्दै गएको छ ।
पाख्रीबास नगरपालिका वडा नम्बर नौ उत्तरपानीमा भीषण आगलागी हुँदा ११ करोड रुपियाँ भन्दा बढीको क्षति भएको छ। स्थानीय अमर श्रेष्ठको काठ, पात र टिनको छानाले बनेको दुई तले घरमा आगलागी भएको हो। शनिबार साँझ साढे सात बजे टिभि कोठावाट अचानक आगो सल्किएको हो।
स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको बार्सिलोना बराबरीमा रोकिँदा अर्को बलियो टोली रियल म्याड्रिडले हार खेपेको छ ।
काभ्रेपलाञ्चोकको कोशीपूर्वका दुई सडक स्तरोन्नति भइरहेका छन् । अरनिको राजमार्गसँग जोडिएको दोलालघाट-फलाँटे-कोलाँती-पोखरीचौरी-गुराँसे खण्डअन्तर्गत दोलालघाट-फलाँटे-कोलाँती खण्ड र सोही खण्डसँग जोडिएको भुम्लु गाउँपालिकास्थित हबेली-सापिङ-सिम्थली-बेखसिम्ले-वाफल खण्ड स्तरोन्नति भइरहेको हो ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शैक्षिक गुणस्तर तथा शिक्षा सुधारमा केन्द्रित बृहत् सिकाइ मेलाको तयारी गरेको छ। गाउँपालिकाले यही चैत २७ गते सीपमा आधारित बृहत सिकाइ मेला आयोजना गर्ने भएको हो।
नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन आज पनि जारी छ । आज शिक्षकहरू बबरमहल–बानेश्वर सडकमा भेला भएर सिट्ठी बजाउँदै शान्तिपूर्ण तरिकाले आफ्ना माग सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।