• २५ भदौ २०८२, बुधबार

रसुवा कारागारबाट ९८ जना कैदी फरार

blog

रसुवाको कारागारबाट भाग्दै कैदीबन्दी ।

गङ्गाकुमारी मिजार

रसुवा, भदौ २५ गते । रसुवाको सदरमुकाम धुन्चेस्थित कारागारबाट ९८ जना कैदीबन्दी फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख हेमबहादुर शाहीका अनुसार रिहाइको माग राख्दै निरन्तर हड़तालमा रहेका कैदीहरूलाई नियन्त्रणमा लिन खोज्दा उनीहरू कारागार तोडेर भागेका हुन् । 

कारागारको सुरक्षार्थ प्रहरी र नेपाली सेना दुवै खटिएको भए पनि कैदीबन्दीको भीड र दबाबका कारण नियन्त्रण गर्न नसकिएको जेलका अधिकारीहरूको भनाइ छ । फरार भएका सबै कैदीबन्दीको खोजतलासका लागि प्रहरीले अभियान सञ्चालन गरेको शाहीले जानकारी दिनुभयो।

धुन्चे कारागारमा रहेका कैदीबन्दी एकैपटक भाग्न सफल भएपछि कारागार सुरक्षा प्रणाली र सरकारी तयारीबारे गम्भीर प्रश्न उठेको छ। यस घटनापछि सदरमुकाम धुन्चे र आसपासका क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।