अजय शाह
गौशाला (महोत्तरी), भदौ २५ गते । महोत्तरी जिल्लाभरि लगाइएको कर्फ्यू आदेशलाई निरन्तरता दिइएको छ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले मङ्गलबार साझ ६ बजेर ४० मिनेट बजेदेखि भदौ २५ गते बिहान ८ बजे सम्मका लागि लगाइएको कर्फ्यू आदेशलाई अर्को आदेश नभएसम्मलाई निरन्तरता दिइएको जनाउनुभएको हो ।
भदौ २४ गतेको जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जारी आदेशले तोकिएको क्षेत्रमा सभा, जुलुस, भेला, धर्ना लगायतका गतिविधि पूर्णरूपमा भदौ २५ गते बिहान ८ बजे सम्मको लागि निषेध गरिएको हो। कर्फ्यू आदेश तोडफोड वा उल्लङ्घन गर्नेहरूमाथि प्रचलित कानुन अनुसार कारबाही हुने पनि प्रशासनले स्पष्ट पारेको छ ।
स्थानीय प्रशासन एन २०२८ को दफा ६क बमोजिम जिल्ला भरिका क्षेत्रमा कर्फ्यू जारी गरिएको सुचनामा उल्लेख गरिएको छ।