• २५ भदौ २०८२, बुधबार

अलपत्र परेका विदेशी नागरिकलाई नजिकको सुरक्षा निकाय वा तैनाथ सरक्षाकर्मीसँग सम्पर्क गर्न आग्रह

blog

काठमाडौँ, भदौ २५ गते । नेपालमा उत्पन्न जटिल परिस्थितिका कारण अलपत्र परेका विदेशी नागरिकले नजिकको सुरक्षा निकाय वा तैनाथ सुरक्षाकर्मीहरुसँग सम्पर्क गर्न नेपाली सेनाले अनुरोध गरेको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाले उद्धार वा सहयोगको पर्खाइमा रहेका विदेशी नागरिकलाई सुरक्षा निकायमार्फत तत्काल सहयोग उपलब्ध हुने स्पष्ट गरिएको छ ।

होटल, पर्यटन व्यवसायी तथा सम्बन्धित संघसंस्थाहरुलाई विदेशी नागरिकको उद्धार र सहयोगका लागि आवश्यक समन्वय र सहजीकरण गर्न पनि सेनाले अनुरोध गरिएको छ ।