पश्चिम नवलपरासीस्थित सुनवल नगरपालिका वडा नम्बर १ मा नेपालमै पहिलो सुविधाविहीन बालबालिकाका लागि आवासीय भवनको निर्माणकार्य सुरु भएको छ ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ मझौलेका स्थानीयको सामन्य स्वास्थ्य सेवा लिन घण्टौँ हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ । गाउँमा नै आधारभूत सामुदायिक स्वास्थ्य सेवा सञ्चालनमा आएपछि स्थानीयको समस्या हटेको हो ।
खानेपानीको चरम अभाव झेलिरहेको बस्ती झ्याल्टुङ डाँडामा खानेपानी पुगेपछि बसाइँ सर्ने क्रम रोकिएको छ ।
जब चैतेदसैँ आउँछ अनि सम्झिइन्छ, उही पुरानो गीत ‘आँटेको पु-याइदेउ रेशम बागलुङ कालिका...’, २०५४ सालतिर गायक शुभराम भारी र गायिका बिमाकुमारी दुराले यो गीत गाउनुभएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले शिक्षा ऐन तत्काल पारित गरी शिक्षकले उठाएका जायज मागलाई यथाशिघ्र वार्ता र संवादमार्फत सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ ।
नेकपा (एमाले) लालबन्दी नगर कमिटीको अध्यक्षमा उज्वलकुमार कार्की विजयी हुनुुभएको छ । प्रतिस्पर्धी प्रेमप्रसाद आचार्य (उमेश) लाई ४७ मतले पराजित गर्दै कार्की तीन वर्षका लागि एमाले लालबन्दीको अध्यक्षमा चुनिनुुभएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेल राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ५८ सभामा भाग लिन आइतबार न्युयोर्क आइपुग्नु भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दू भाषा
पाँचथर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा नरेन्द्रप्रसाद अधिकारीको प्यानल निर्वाचित भएका छन् । प्रतिस्पर्धी रेखा इङनाम लावतीको प्यानलाई हराउँदै अधिकारीको प्यानल विजयी भएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
यहाँको आठबिस नगरपालिका–१, सात्तलादेखि ठाँटीकाँध गाउँपालिका र चामुण्डा बिन्द्रासैनी नगरपालिका हुँदै मध्यपहाडी राजमार्गमा जोड्ने चिन्याथापा खोलामा पक्की पुलको शिलान्यास गरिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समस्या समाधान गर्न निर्देशन दिनुभएको छ । भूमि समस्या समाधान आयोग जुम्लाको कार्यालय निरीक्षण गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
धिकांश वेरोजगार युवाहरुका लागि अटोरिक्सा स्वरोजगारीको प्रमुख माध्यम बन्दै गएको छ । जिल्लामा अटोरिक्सा भित्रिएपछि धेरै वेरोजगार युवाहरुले अटोरिक्सालाई रोजगारीको माध्यम बनाएका हुन् ।
सुदूरपश्चिम प्रदेशको प्रख्यात शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुक्खा मौसमको सुरुवातमै डढेलोको चपेटामा परेको छ ।
आदिवासी जनजाति पत्रकारहरुको साझा संस्था नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आठौं संघीय महाधिवेशन चैत २९ र ३० गते लुम्बिनीमा हुन गइरहेको छ । महाधिवेशनको उदघाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नुहुनेछ ।