• २५ भदौ २०८२, बुधबार

बागलुङ कारागारको सुरक्षामा कडाइ

blog

तस्बिर : नवराज नेपाली

नवराज नेपाली

बागलुङ (गलकोट), भदौ २५ गते । जिल्ला कारागार बागलुङबाट कैदीबन्दीले भाग्ने प्रयास गरेपछि कारागारको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेनासहित तीनै तहका सुरक्षा निकाय कारागारको सुरक्षामा खटिएको कारागार व्यवस्थापनले जनाएको छ ।

आज दिउँसो कैदीबन्दीले कारागारमा आगजनी गरी भाग्ने प्रयास गरेता पनि सुरक्षाकर्मीले त्यस्तो प्रयासलाई असफल पारेका हुन्। आगजनी हुने खतरा देखेपछि बागलुङ नगरपालिकाको दमकल पनि कारागार परिसरमा पुगेकोको थियोे  । अहिले कारागारको अवस्था सामान्य रहेको छ ।

जिल्ला कारागार बागलुङको अवस्था सामान्य रहेको र कारागार परिसरमा तीन तहको सुरक्षाकर्मी परिचालन गरिएको छ ।