राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांस्कृतिक चाड गौरा पर्व मनाउने सन्दर्भमा टुँडिखेलमा भएको घटनाबारे संसद्को ध्यानाकर्षण गराएको छ ।
पूर्व प्रधानमन्त्री एवम् नेकपा -माओवादी केन्द्र_ का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी आइपुग्नुभएको छ ।
नेपाली कांग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गौरा पर्वले समाजलाई एक सूत्रमा बाँधेको बताउनुभएको छ ।
गृहमन्त्री रमेश लेखकले देशभरका छोटी भन्सार कार्यालयहरू सक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्ने बताउनुभएको छ । उहाँले राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र द्वन्द्वमा बन्द भएका छोटी भन्सार कार्यालयहरू सञ्चालनमा जोड दिनुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले एकीकृत उच्च शिक्षा विधेयक चाँडै ल्याउने बताउनुभएको छ । सिंहदरबारसिथत मन्त्रालयमा आज पत्रकारहरुसँग कुरा गर्दै उहाँले अन्य विधेयकलाई रोकेर भए पनि उच्च शिक्षा विधेयक ल्याउने उल्लेख गर्नुभयो ।
यहाँ भारतीय धार्मिक पर्यटकहरु शालिग्रामको अवलोकन गर्न उल्लेख्य मात्रामा आउने गरेका छन् ।
जापानले नेपालको निजामती सेवाका कर्मचारीलाई त्यहाँका विश्वविद्यालयमा उच्चशिक्षा अध्ययन गर्न करिब जापानी येन ४५ करोड ४० लाख (अनुमानित नेरु रु ४२ करोड २३ लाख) छात्रवृत्ति सहयोग गर्ने भएको छ ।
थाइल्यान्डमा गैरकानुनी रूपमा बनाइएको मेथानोलयुक्त मदिरा पिउँदा कम्तीमा छ जनाको मृत्यु भएको र गम्भीर अवस्थामा रहेका २० जनाभन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले बुधबार बताएका छन् ।
जापानमा आँधी र भारी वर्षापछि आएको बाढीसँगै र गएको पहिरोले एउटै परिवारका चार सदस्य बेपत्ता भएको अधिकारीहरूले बुधबार बताएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधान सेनापति पदमा बलाधिकृत रथी अशोकराज सिग्देललाई नियुक्त गर्नुभएको छ ।
संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेबाट शुरु भएको छ ।
नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामै ७३ प्रतिशत मात्र राजश्व असुली गर्न सफल भएको छ ।
मुस्ताङको बारगुङ मुक्तिक्षेत्र गाउँपालिकामा इलाका प्रहरी कार्यालय मुक्तिनाथको नयाँ भवन निर्माण भएको छ ।
सधैँ जस्तै बिहानको खाना खाने समय उहाँहरुका लागि अन्य दिनभन्दा फरक रहेको थियो जहाँ हालै मात्र हरितालिका तीज पर्वलाई ध्यानमा राखेर सार्वजनिक गरिएको ‘यसपालिको तीज रमाइलो’गीत बजिरहेको थियो ।
गुल्मीका चार पालिकामा तीन दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ ।