राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई संवैधानिक दायरामा रहेर निकास दिने प्रयासमा रहेको बताउनुभएको छ ।
बारा जिल्लामा लागु गरिएको निषेधाज्ञा र कर्फ्यू हटाइएपछि जिल्लामा सामान्य जनजीवन सहज बन्दै गएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानमा टेकर अघि बढ्न जेनजी पुस्तालाई आग्रह गर्नुभएको छ । बिहीबार भिडियो सन्देश जारी गर्दै थापाले जेनजीका प्रतिनिधिलाई संविधानमा टेकेर मात्र अघि बढ्न आग्रह गर्नुभएको हो ।
अमेरिकी दक्षिणपन्थी कार्यकर्ता तथा राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी चार्ली किर्कको स्पष्ट राजनीतिक हत्यापछि विश्व नेताहरूले राजनीतिक रूपमा प्रेरित हिंसाको खतराबारे चेतावनी दिएका छन् ।
तनहुँको व्यास नगरपालिका–१, तालघरेस्थित डिहीगाउँ र रानीगाउँ जाने पक्की पुलमुनि फेला परेकी मृत महिलाको सनाखत हुन सकेको छैन ।
जेनजी समूहले जिल्लाका विभिन्न कार्यालयहरूमा तोडफोड तथा आगजनी गरेपछि जिल्लाको कार्यालयहरू सञ्चालनमा समस्या भएको छ ।
जिल्ला कारागार जुम्लाबाट भागेका चार जना कैदीबन्दी फिर्ता भएका छन् । जिल्ला कारागारबाट भागेका ३६ जना कैदीबन्दीमध्ये चार जना फिर्ता भएका हुन् ।
रौतहट जिल्लास्थित रहेका सरकारी कार्यालयबाट प्रवाह हुने नियमित सेवा बन्द छ ।
दक्षिण कोरियाको जासुसी एजेन्सीले बिहीबार उत्तर कोरियाली नेता किम जोङ उनकी छोरी किम जु एलाई उहाँको औपचारिक उत्तराधिकारीका रूपमा मान्यता दिएको जनाएको छ ।
देशको राजधानीका विभिन्न कारागारबाट भागेका मध्ये ३५ कैदीबन्दीलाई आज बिहान धादिङको गजुरीबाट नेपाली सेनाले नियन्त्रणमा लिएको छ ।
नेपाली सेनालगायत अन्य सुरक्षा निकायहरू परिचालन भएपश्चात भदौ २५ गते बेलुका ६ बजेदेखि आज बिहान ६ बजेसम्म थप १९२ जना कैदीहरूलाई नियन्त्रणमा लिइएको छ ।
दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले संयुक्त राज्य अमेरिकाले कोरियाली कामदारका लागि भिसा प्रणाली सुधार गर्न नसके कोरियाली कम्पनीले त्यहाँ लगानी गर्न वा हालको लगानीलाई निरन्तरता दिन हिचकिचाउने चेतावनी दिनुभएको छ ।
जिल्ला कारागार तनहुँबाट भागेका ३२७ कैदीबन्दीमध्ये १२ जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले मङ्गलबार जारी गरेको अनिश्चितकालिन कर्फ्यूको आदेश केही खुकुलो पारेको छ।
गोरखा कारागारमा कैदीबन्दीको आन्दोलनपछि नेपाली सेना तैनाथ गरिएको छ ।