बागमती प्रदेश सरकारले सङ्कलन गर्ने घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन करमा कमी आएको छ । आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद बिक्री कारोबारमा आएको गिरावटसँगै प्रदेश सरकारले ती शीर्षकमा सङ्कलन गर्ने राजस्व पनि प्रभावित भएको हो ।
दुग्धजन्य वस्तु बिक्री नभएर सङ्कट झेलिरहेका डेरी व्यवसायीहरूमा सुधारको आशा पलाएको छ । डेरीबाट उत्पादन गरिएका नौनी घिउ, छुर्पी र पाउडर दूधको बिक्री बढ्न थालेपछि व्यवसायीमा आशा पलाएको हो ।
बागमती प्रदेश सरकारले सङ्कलन गर्ने घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन करमा कमी आएको छ । आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद बिक्री कारोबारमा आएको गिरावटसँगै प्रदेश सरकारले ती शीर्षकमा सङ्कलन गर्ने राजस्व पनि प्रभावित भएको हो ।
नेपालको करिब मध्यभागमा पर्ने लमजुङको मस्र्याङ्दी गाउँपालिका ५९७ वर्गमिटरमा फैलिएको छ । गण्डकी प्रदेशका विभिन्न पर्यटकीय क्षेत्र समेटिएको यो पालिकामा साबिकका सात गाविस (घनपोखरा, खुदी, ताघ्रिङ, घेर्मु, बाहुनडाँडा, भुलभुले, सिम्पानी) समेटिएका छन् । नौ वडा रहेको यस पालिकाको जनसङ्ख्या साढे २३ हजार छ । पालिकाको पूर्वमा दोर्दी गाउँपालिका, पश्चिममा क्व्होलासोथार गाउँपालिका, दक्षिणमा बेँसीसहर नगरपालिका र उत्तरमा मनाङ जिल्ला पर्छन् । गएको स्थानीय तह निर्वाचनमा यस पालिकाको अध्यक्षमा नेकपा (एमाले) बाट अर्जुन गुरुङ दोस्रो पटक चुनिनुभएको थियो । अध्यक्ष गुरुङसँग पालिका प्रमुखको अनुभव, पालिकाका समस्या र सम्भावनाबारे गोरखापत्रका लागि फडिन्द्र अधिकारीले गर्नुभएको कुराकानी :
जुटले उचित मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । पूर्वी तराई क्षेत्रमा वर्षौँदेखि नगदे बालीका रूपमा लगाउने गरिएको जुटखेतीले पछिल्लो समय किसानको लागत खर्च पनि उठ्न छाडेको छ ।
स्थायी सरकार मानिने कर्मचारीतन्त्रलाई नयाँ संरचना अनुसार व्यवस्थित गर्न ढिलाइ हुँदा स्थानीय तहले कर्मचारी अभावको समस्या झेल्नु परिरहेको छ । पुरानै निजामती सेवा ऐन अनुसार कर्मचारी प्रशासन चलिरहेका कारण अधिकांश कर्मचारी सङ्घमै र सुगममै बस्न चाहने प्रवृत्ति छ । यसै कारण प्रदेश सरकार र स्थानीय तहमा कर्मचारी व्यवस्थापनमा सकस परेको छ । सङ्घीयता कार्यान्वयनमा आइसकेपछि सरकारले स्थानीय तहमा कर्मचारी समायोजनका लागि स्वेच्छिक व्यवस्था कार्यान्वयनमा ल्याउँदा पनि सरकारले सोचे अनुरूप कर्मचारीले समायोजनमा जान रुचि देखाएनन् । अर्कोतर्फ अस्थायी प्रकृतिका कार्यालयहरूमा समेत स्थायी कर्मचारी
सामान्यतः योजना तर्जुमा गर्दा राजनीतिक क्षेत्र नवीनतम योजना तर्जुमा र वितरणमुखी हुन खोज्ने प्रवृत्ति छ तर प्रशासनयन्त्र भने साबिककै कार्यहरूलाई निरन्तरता दिन र मितव्ययी हुन खोज्ने अवस्थामा रहन चाहन्छ, जसका कारण आपसी मनमुटाव देखा पर्छ । यसको निदानका लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ६ ले मार्गनिर्देश गर्दछ । यस अनुसार प्रत्येक पालिकाले दीर्घकालीन सोच, आवधिक योजना, त्रिवर्षीय खर्च संरचना र वार्षिक बजेट निर्माणबि
धरान उपमहानगरपालिका–१६ बस्ने सुमिता डङ्गोलले रुद्राक्षको दानाबाट सामान बनाएर मनग्गे आम्दानी गर्दै आउनुभएको छ । करिब छ वर्षअघि धनकुटामा बसोबास गर्दा घरमा भएको रुद्राक्षको दाना बिक्री हुन छाडेपछि सदुपयोग गर्न पूजा गर्दा फूल राख्ने ढाकी बनाएकोमा राम्रो बनेपछि साथीभाई, इष्टमित्रले किनेर लैजान थाले । यसबाट हौसला मिलेर व्यापार सुरु गरेको व्यापारी डङ्गोलले बताउनुभयो ।
अहिलेका युवामा लहैलहैमा विदेश जान खोज्नाले पनि विदेश मोह बढेको देख्न सकिन्छ । विदेश पनि भने जस्तो सजिलै भने छैन । छात्रवृत्ति पाइयो भने अलिकति सजिलो हुन्छ । नत्र त धेरै दुःख गर्नुपर्ने हामी सबैलाई थाहा छ । नेपाली कमाइले विदेशमा सन्तान पढाउन सकिँदैन । विदेशमा अध्ययन गर्दा लाग्ने खर्च धेरै हुन्छ । धेरै नेपाली परिवारका लागि यो ठुलो आर्थिक भार बन्छ । यो हुँदाहुँदै पनि नेपालबाट आँट गरेर विदेश जान्छन् तर त्यहाँ भने कहिले काम नपाउने, काम पाए पनि कलेजको समयमा पाउने भएकाले कतिपय विद्यार्थीले पढाइ छोडेर अन्य काममा व्यस्त हुनुपर्ने अवस्था आएको हामीले सुनेको भोगेकै छौँ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
समाजवाद मानव जाति संलग्न भएर विकास भएको सम्भवतः सबैभन्दा पछिल्लो, सबैभन्दा उच्च स्तरको वैज्ञानिक सिद्धान्तमा आधारित उत्पादन पद्धतिको नाम हो । समाजवाद पहिले कल्पनामा आधारित सिद्धान्त मात्र थियो । यसलाई वास्तविक धरातलमा स्थापित गर्न वैज्ञानिक सिद्धान्तबाट सम्पन्न गर्ने कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्स नै हुन् । उनीहरूको योगदानको चर्चा, आलोचना, समालोचना समर्थन विरोध युगौँयुगसम्म भइरहने छ । आदि मानवजातिको कालदेखि आजसम्म पनि छिनोफानो हुन नसकेको विषय भनेको समाज र व्यक्तिका बिच त्रुटिविहीन अन्तरसम्बन्ध कसरी कायम गर्न सकिन्छ भन्ने नै हो । समाज र व्यक्तिका बिचको सम्बन्धबारे कम्युनिस्ट पार्टीको घोषणापत्रकोे ‘सर्वहारा र कम्युनिस्ट’ शीर्षक अन्तर्गतको अन्तिम अनुच्छेद अथवा वाक्यमा लेखिएको छ, ‘जब समाज
बर्सातका कारणले पहिरो जाँदा कर्णाली राजमार्ग फेरी अवरुद्ध भएको छ । बुधवार दिउसोबाट परेको भीषण वर्षाले कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने शुभकालिका १ गगनेखोलामा भीषण पहिरो जाँदा सडक अवरुद्ध भएको हो । राजमार्ग बुधवार बेलुका ८ः३० बजेबाट अवरुद्ध भएको जनाइएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र जानकी गाउँपालिका कैलालीद्वारा दुर्गौलीमा आयोजित तीनदिने ‘थारू लोकचित्रकला तथा मूर्तिकला प्रवर्धन कार्यक्रम’ मङ्गलबार सम्पन्न भएको छ । कार्यशालामा २२ जना स्थानीयको सहभागिता रहेको थियो । कार्यशालामा तयार पारिएका थारू लोकचित्रकलामध्ये जुना चौधरीको चित्रकला प्रथम भएको थियो । त्यस्तै सङ्गीता चौधरी र विनिता चौधरी द्वितीय र सम्झना चौधरी तृतीय हुनुभएको थियो । त्यस्तै चन्द्रलाल चौधरीको चित्रकलाले सान्त्वना पुरस्कार प्राप्त गरेको थियो । कार्यशालामा विष्णुप्रसाद चौधरीले थारू लोककलाका विषयमा प्रशिक्षण दिनुभएको थियो । जानकी गाउँपालिका प्रमुख गणेश चौधरीले थारू लोककलालाई राष्ट्रिय गतिविधिसँग जोड्दै आम्दानीको स्रोतका रूपमा विकसित गर्नुपर्नेमा जोड दिनुभयो ।
अवैध तरिकाले गएका १७६ जना नेपाली नागरिक ब्राजिलको साओ पाउलो विमानस्थलको ट्रान्जिट परिसरमा अलपत्र परेका छन् । अमेरिका लगिदिने मानव तस्करको प्रलोभनमा परेर उनीहरू ब्राजिलमा अलपत्र परेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले ब्राजिलस्थित नेपाली दूतावासको पहलमा नेपाली नागरिकलाई सुरक्षित राख्न पहल भइरहेको जानकारी दिनुभयो । त्यहाँ अलपत्र परेका सबै नेपाली नागरिक सुरक्षित रहेको दूतावासले जानकारी दिएको उहाँले बताउनुभयो ।
लगातारको वर्षाका कारण साँफे–मार्तडी सडक खण्डको साँफेबगर नगरपालिका–१३ को बुढाबगरमा ठुलो पहिरोका कारण सडक अवरुद्ध भएको छ । बुधवार राती करिब तीन सय मिटर जति सडक भन्दा माथिबाट पहिरो आएपछि आवतजावतमा रोक लागेको हो ।