जुम्लामा नयाँ शैक्षिक सत्र सुरु नहुँदै पाठ्य पुस्तक पुगेको छ । विगतका वर्षमा प्राय पाठ्यपुस्तकको अभाव हुने जुम्लामा यसवर्ष शैक्षिक शत्र सुरु नहुँदै पाठ्य पुस्तक पुगेको हो ।
जयगढ बजारमा आगलागीबाट पीडितलाई नेकपा (एमाले) अछामले एक लाख ११ हजार रकम सहयोग गर्ने भएको छ । अग्नी पीडितको राहतका लागि एमाले अछामले तत्कालका लागि सहयोग गर्ने घोषणा गरिएको जिल्ला अध्यक्ष चन्द्र बोहराले जानकारी दिनुभयो ।
बढ्दो मूल्यलाई स्थिर पार्ने प्रयासमा जापानले जुलाईसम्म आफ्नो आपत्कालीन भण्डारबाट थप चामल बेच्ने कृषिमन्त्रीले बुधबार बताउनुभएको छ ।
परिषद्ले आफ्नो स्थापनाको ३४ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको ११ आौँ शिखर सम्मेलन गर्ने भएको हो ।
गण्डकी प्रदेश सभाको सातौं अधिवेशनले छ वटा विधेयक पारित गरेको छ। माघ २१ गते सुरु भएको हिउँदे अधिवेशनबाट १० विधेयक विभिन्न समितिमा पठाइएको छ। यो अधिवेशनमा १६ दिनमा १६ वटा बैठक बसेका छन्।
बेलायतको प्रसारण नियामकले बुधबार एक अनलाइन आत्महत्या फोरमको जाँच गरिरहेको घोषणा गरेको छ । उक्त फोरमलाई स्थानीय सञ्चार माध्यमहरूका अनुसार देशमा कम्तीमा ५० जनाको मृत्युसँग जोडिएको बताइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले माल्दिभ्सका चिकित्सकलाई नेपालमा स्नातकोत्तर पीजी शिक्षा उपलब्ध गराउने वातावरण बनाउन पहल भैरहेको बताउनुभएको छ ।
गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीले केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेटमा दोस्रो जित निकालेको छ ।
युएस वर्ड क्लास (युएसडब्लुसी) तेक्वान्दो–हलिउडले आफ्नो स्थापनाको ३०औँ वार्षिक उत्सव भव्य रूपमा मनाउने तयारी गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गुल्मीको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ। जिल्लाको सदरमुकाम तम्घासको बालमन्दिरमा सम्पन्न १२ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा राम मल्ल ठकुरी सर्वसम्मत निर्वाचित हुनुभयो।
सुनसरीको देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नाराका साथ ६ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाण–पत्र (लाल पुर्जा) वितरण गरेको छ ।
लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशको प्रवेश द्वारमा निर्माण गरिएको चिसापानी पुलमा आगलागी भएको करिब एक वर्षपछि मर्मत सम्भार सुरु भएको छ ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्ने भएको छ । बिहीबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले आउँदो वैशाख १ गतेदेखि सार्वजनिक बिदाका दिनमा कार्यालय खुलाएर सेवा प्रवाह गर्ने भएको हो ।
राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बिहीबार पुरातत्व विभागको भ्रमण गर्ने भएको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अहिले काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको बताएको छ ।