प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल हरित हाइड्रोजनको युगमा प्रवेश गरेको बताउनुभएको छ । काठमाडौँ विश्वविद्यालय (केयु) को २९ औँ दीक्षान्त समारोह
नेपाल प्रहरीको प्रहरी निरीक्षक हुँ भन्दै सुनको सिक्री लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
जुनमा समाप्त हुने त्रैमासिकमा भारतको आर्थिक वृद्धि घटेर छ दशमलव सात प्रतिशत भएको शुक्रबारको आधिकारिक आँकडाले देखाएको छ ।
जेसीआई पोखराको आतिथ्यतामा जेसीआई नेपाल बिजनेस एकेडेमी (जेएनबीए–२०२४) सम्पन्न भएको हो। कार्यक्रमले देशभरका युवा व्यवसायी तथा पेशाकर्मीलाई समेट्दै व्यवसायिक रणनीति, उद्धमशीलता विकास बारे महत्त्वपूर्ण प्रशिक्षण प्रदान गरेको थियो।
सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सप्तरीस्थित तालिम शिक्षालयको उद्घाटन गर्नुभएको छ ।
सदस्यता नवीकरण गर्न नेपाली कांग्रेसका क्रियाशील सदस्यहरू अनिच्छुक देखिएका छन् । मोरङको पथरीशनिश्चरे १ स्थित हरियाली सामुदायिक वनको सभा हलमा शुक्रबार भएको सांसदसँग भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले वडावडामा क्रियाशील सदस्य नवीकरण गर्न आउनेको सङ्ख्या आधा घटेको बताउनुभयो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्यादसम्बन्धी प्रावधान नराख्ने प्रस्ताव संसदीय समितिबाट पारित भएको छ।
जोगीको भेषमा युवाहरूको समूह नृत्य गर्दै बजारमा निस्केपछि बजारवासीहरू दङ्ग परे । ताण्ड नृत्यसहित शिव, पार्वती र जोगीको भेषमा सजिएर युवाहरूले जोगी नाच प्रदर्शन गरेका हुन् ।
सांसदहरू स्वयंले संसद् सचिवालयको पुस्तकालयबारे अनविज्ञता प्रकट गरेका छन् ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन हुनसक्ने अवस्था रहेको बताउनुभएको छ ।
सुनसरीमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । जिल्लाका कोशी गाउँपालिका-४ निवासी अख्तर मियाँको १८ वर्षीया छोरा अक्रम मियाँकाे चट्याङ लागेर मृत्यु भएको हो ।
मधेश प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद ज्यसवालले बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्ने बताउनुभएको छ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी सेप्टेम्बरमा चीन भ्रमण गर्नुहुने भएको छ ।
गृहमन्त्री रमेश लेखकले वित्तीय अपराध अनुसन्धानलाई थप विशिष्टीकृत रूपमा अनुसन्धान गर्न ‘वित्तीय अनुसन्धान ब्युरो’ गठन गर्ने बताउनुभएको छ।
बालबालिकालाई सानै उमेरदेखि संस्कार र नैतिकता सिकाउन बाँकेको डुडुवा गाउँपालिकाले स्थानीय पाठ्यक्रम नै बनाएर पठनपाठन सुरु गराएको छ।