नाटो प्रमुख जेन्स स्टोल्टेनबर्गले रुसको कुर्कुस क्षेत्रमा भएको युक्रेनी आक्रमण युक्रेनको आत्मरक्षा लागि भएको जनाउँदै युक्रेनलाई सीमा क्षेत्रमा आक्रमण गर्ने पूर्ण अधिकार रहेको बताउनुभएको छ ।
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. महेन्द्रमान गुरुङले सूचनाको हक हरेक क्षेत्र तथा निकायले इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्यावसन) ताप्लेजुङको आयोजनामा बुद्धिचालमा छात्रछात्राले प्रतिस्पर्धा गरेका छन् । व्यावसनको वार्षिक कार्यतालिकाअनुसार आयोजित बुद्धिचाल प्रतियोगितामा छात्रछात्राले प्रतिस्पर्धा गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउने पलेशा गोवर्धनलाई बधाई दिनुभएको छ ।
मर्मत कार्यका लागि विमानबाट गौचर हवाई पट्टी लैजाँदै गरेको एमआई–१७ हेलिकोप्टर शनिबार केदारनाथमा दुर्घटनाग्रस्त भएको छ । मर्मतका लागि लैजाने क्रममा विमानले सन्तुलन गुमाउँदा दुर्घटनामा परेको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सङ्घीय सरकार पुस्तकालयको विकास र प्रवर्द्धनमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नवलपुरका द्वन्द्वपीडित परिवारले दश वर्षे सशस्त्र द्वन्द्वबाट प्रभावित भएर अझै पनि न्याय पाउन नसकेको बताएका छन् । अन्तर्राष्ट्रिय बेपत्ता विरुद्धको दिवसका अवसरमा गरिएको अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् ।
नवलपुर सदरमुकाम कावासोतीको हात्तीखोर आसपासका होटल तथा रेष्टुरेन्टमा अनुगमन थालिएको छ । जिल्ला प्रशासन कार्यालय, पर्यटन तथा उद्योग कार्यालय, उद्योग वाणिज्य सङ्घ, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँ, जिल्ला प्रहरी कार्यालय र पत्रकारको टोलीले होटल तथा रेष्टुरेन्टमा अनुगमन गरेको हो ।
स्याङ्जाको वालिङबाट बिरामी बोकेर पोखरातर्फ गइरहेको एम्बुलेन्समा गएराति आगलागी भएको छ । बिरामी बोकेर पोखरा जाँदै गरेको ग १ झ २७८ नम्बरको एम्बुलेन्समा पुतलीबजार नगरपालिका–११ करेन्डाँडामा पुग्दा आगो लागेको हो ।
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विकासका काममा सत्ता र प्रतिपक्ष मिलेर काम गर्ने बताउनुभएको छ ।
मानिस ज्ञानको भोको र जिज्ञासु प्राणी हो । यही भोक र जिज्ञासाको बिचबाट संसारमा प्रतिदिन नवीनतम सिर्जना भइरहेको छ, जसले मानव जीवनलाई परिष्कृत र सहज बनाइरहेको
रातको तेस्रो प्रहर काट्दासम्म पनि भद्दालाई निद्रा परेन । मस्तसँग सुतिरहेका खसमलाई सुस्तरी झकझक्याइन्, “स्वामी अब उठ्नुहोस्, ब्रह्ममुहूर्तले छोडिसक्यो, छिटो भागौँ ।” मङ्ख जर
सुदूरपश्चिम प्रदेश कला संस्कृति र रीतिरिवाजमा विविधता भएको प्रदेश हो । भौगोलिक हिसाबले तराई, पहाड र हिमाली क्षेत्र यस प्रदेशमा पर्दछ । सुदूरपश्चिम प्रदेशमा स्वदेशी तथा
नेपाली समालोचना लेखनले विविधतामय विशेषताका साथ विभिन्न चरण पार गरेको देखिन्छ । यस क्षेत्रमा शोधखोज र अनुसन्धानमूलक एवं वस्तुपरक÷भाषाशैलीपरक समालोचना
किराँत वाम्बुले राईहरूले यो वर्ष पनि २०८१ भदौ पहिलो साता थुम थुममा जुटेर ढ्वाङ्कुमो चाड मनाएका छन् । यो चाडको रौनक दसैँ पूर्णिमा (कोजाग्रत पूर्णिमा) को रातसम्म लम्बिने छ ।