अष्ट्रेलियामा ‘डिमेन्सिया’ रोगले ग्रसित हुने मानिसको संख्या आगामी वर्षमा उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ ।
कोशी राजमार्गअन्तर्गत खाँदबारी –१३ सभाखोला र साटारेबिचमा शुक्रबार दिउँसो सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
चीन सरकारले रसुवागढी नाकास्थित ल्हेन्दे खोलामाथि बनाउन लागेको मितेरी पुल निर्माणका क्रममा आजदेखि नेपालतर्फ पनि काम सुर भएको छ ।
सिरिया र साउदी अरेबियाबिच भएको समझदारी अनुसार, साउदी अरेबियाले सिरियालाई १६ लाख ५० हजार ब्यारेल कच्चा तेल अनुदान स्वरूप उपलब्ध गराउने सिरियाली सरकारी समाचार संस्था सानाले जनाएको छ ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनी मेची भन्सार कार्यालय झापामा आगजनी गरेपछि त्यसको असर निर्यात हुने चियामा परेको छ ।
काठमाडौँ महानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाबाट निस्केका सिसाजन्य फोहर अन्य फोहरसँगै नमिसाउन आग्रह गरेको छ । महानगपलिकाको वातावरण व्यवस्था विभागले शुक्रबार सूचना जारी गरी सो आग्रह गरेको हो ।
नेपाल प्रहरीले आगजनी, तोडफोड, लुटपाट लगायतका विविध घटनासँग सम्बन्धित तस्बिर, भिडियो, फुटेज तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू उपलब्ध गराउन अनुरोध गरेको छ ।
नेपाल–चीनबिचको प्रमुख व्यापारिक नाका रसुवागढीमा निर्माण हुन लागेको बेलीबृजको काम आजदेखि नेपालतर्फ सुरु भएको छ ।
जेनजी आन्दोलनको क्रममा काठमाडौंमा ज्यान गुमाएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी सुलभराज श्रेष्ठ र आयुष थापाको परिवार पाँच दिनदेखि शवको पर्खाइमा छ ।
धरान उपमहानगरपालिका कारागारबाट भागेका १२ जना कैदीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
कर्फ्यू खुकुलो भएपछि कैलालीको जनजीवन विस्तारै सामान्य बन्न थालेको छ। स्थानीय प्रशासनले कर्फ्यू खुकुलो पार्दै साँझ बिहान आवतजावत गर्न दिन थालेपछि जनजीवन सामान्य बन्दै गएको हो।
नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएशन लगायतले सप्तरीमा सांकेतिक रुपमा सेभ नेशन, सेभ द कन्टिच्युसन लेखेको प्लेकार्ड र संविधानको पुस्तक सहित मौन प्रदर्शन गरेका छन् ।
सप्तरीको सदरमुकाम राजविराजमा दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ । राजविराज नगरपालिका–१६ का दुई जनामा हैजाको जीवाणु देखिएको हो।
रामकृष्ण बोहराबागलुङ, भदौ २७ गते । जेनजी आन्दोलनपछिको परिस्थिति सम्हाल्न संवैधानिक बाटो अपनाउनुपर्ने भन्दै नेपाल बार र पत्रकारले पहल थालेका छन् । शुक्रबार दिउँसो उच्च अदालत बार इकाई बागलुङ र नेपाल पत्रकार महासंघ बागलुङ शाखाले संयुक्त रुपमा मौन र्याली निकाल्दै संवैधानिक मार्ग खोज्न राज्यको ध्यानाकर्षण गराएका हुन् ।कालोकोट लगाएका कानुन व्यवसायीको साथमा पत्रकारले हातमा संविधानको किताव बोकेर र्याली आयोजना गरेका हुन् । ‘राष्ट्र बचाऔ, संविधान जोगाऔं’ अंकित प्लेकार्ड पनि उनीहरुले बोकेका थिए । उच्च अदालत बार एसोसिएसन बागलुङ र नेपाल पत्रकार महासंघ बागलुङले अभियानका अन्य क्रियाकलापमा बार र महासंघ सँगैजाने योजनामा सुनाएका छन् ।तीन दिनदेखि बागलुङमा दिउँसो निशेधाज्ञा र रातमा कर्फ्यू लागेको छ । निशेधाज्ञाका बाबजुद कानुन व्यवसायीले शुक्रबार कालो कोट लगाएर, हातमा संविधानको किताब समात्दै दबाव दिएका छन् । उनीहरुले संविधान बचाउन सकियो भने संविधानले देश बचाउने भनेका छन् । उच्च अदालत बार एसोसिएशनका अध्यक्ष गीता श्रीष र नेपाल पत्रकार महासंघका अध्यक्ष राम थापा ‘अविरल’ ले र्यालीको नेतृत्व गर्नुभएको थियो ।
बेलायती राजकुमार ह्यारी शुक्रबार घाइते सैनिक सदस्यको समर्थनका लागि आकस्मिक रूपमा युक्रेन पुग्नुभएको छ । यो उहाँको चार वर्षभित्रको दोस्रो भ्रमण हो ।