युक्रेनको पूर्वी शहर खार्किभमा रुसी आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ । उक्त आक्रमणमा अन्य ५९ जना घाइते भएको खार्किभका क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले जानकारी दिनुभएको छ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा एन्फा महिला लिग आइतबारदेखि सुरु हुने भएको छ ।
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन रामेश्वर थापाको ठूलो योगदान रहेको बताउनुभएको छ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले अहिलेका तिज गीतहरूमा वर्तमानका समस्या र जनजीवनको गहिरो चित्रण रहेको बताउनुभएको छ।एकाधबाहेक सबैजसो तिज गीतले महिलासहित समग्र नेपाली समाज र देशका समस्या उजागर गरेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कहिल्यै पनि विगतको जस्तो हिंसात्मक गतिविधि हुन नसक्ने र हुन नदिने बताउनुभएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले हालै अमेरिका र वेस्टइन्डिजमा भएको आइसिसी टी–२० विश्वकप क्रिकेटमा सहभागी खेलाडीलाई जनही तीन लाख रुपियाँ पुरस्कार प्रदान गर्ने भएको छ ।
१७ औँ पुस्तकालय दिवस आज एक समारोहबिच सम्पन्न भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा रसियन हाउस, कमलपोखरीमा दिवस मनाइएको हो ।
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये सडक सञ्जालसँग नजोडिएको एउटै मात्र पालिका हो, मनाङको नार्पाभूमि गाउँपालिका । नार्पाभूमि जिल्ला सदरमुकामबाट ७० किलोमिटर टाढा छ । यहाँ पुग्न मात्रै दुई दिन पैदल यात्रा गर्नुपर्छ ।
स्याङ्जा जिल्लामा पछिल्लो समय बालबालिका असुरक्षित बन्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको तथ्याङ्कमा एक वर्षमा दुई जना जबरजस्ती करणी र पाँच जना यौन दुर्व्यवहार भोगेका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) सहभागी हुने आठ वटै फ्रेन्चाइज टोलीकोे नाम सार्वजनिक गरेको छ ।
निलो आकाश । पृष्ठभूमिमा सेता हिमालको लामो लर्कन । चारैतिर हरियाली जङ्गलको बिचमा पहाडको टाकुरा । शान्त वातावरणमा सुनिने चरा र जङ्गली जनावरको आवाज । भुईँमा झुलेका लेकाली बुकी फूल । कुनै चित्रकारले मेहनतका साथ तयार पारेको क्यान्भास अवलोकन गरेको आभास दिलाउने यो दृश्य म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पुनहिलमा शनिबार बिहान देखिएको हो ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले बुटवललाई आर्थिक राजधानी बनाउने विषयमा यहाँका जनप्रतिनिधि, नागरिक समाज, स्थानीय सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।
लाखेनाच सामान्यतया नेवार समुदायको बसोबास रहेको स्थानमा नेवार समुदायले प्रदर्शन गर्दछ भन्ने हाम्रो बुझाइ छ ।
चितवनमा उत्पादन भएको महले बजार नपाएपछि जनप्रतिनिधिले कृषि मन्त्रीलाई भेटेर समस्या समाधान गर्न दबाब दिएका छन् ।
गुगलले एक महिना लामो अन्तरालपछि आफ्नो ‘जेमिनी एप’ मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) इमेज जेनेरेसन मोडल अपडेट भएको घोषणा गरेको छ । गुगल जेमिनी एप एआई सहायक प्रविधि हो ।