जिल्ला प्रहरी कार्यालय तनहुँले आम जनतालाई फरार कैदीबन्दीको पहिचान पाए तत्काल सूचना दिन अपिल गरेको छ ।
फोहोरमैला व्यवस्थापन पर्यावरण संरक्षण र जनस्वास्थ्यका लागि महत्वपूर्ण तर जटिल र निरन्तर विकसित भइरहेको क्षेत्र हो । २१ औँ शताब्दीमा विश्वले स्रोतको कमी र फोहोरको विस्फोटको दोहोरो चुनौती सामना गरिरहेको छ । सन् २०२३ विश्वका नगरपालिकाको ठोस फोहोरको उत्पादन करिब २.१ अर्ब टन रहेकोमा सन् २०५० सम्ममा यो बढेर ३.८ अर्ब टनसम्म पुग्ने अनुमान गरिएको छ
जेनजी आन्दोलनको क्रममा आगजनीबाट क्षति पुगेको रौतहटको चन्द्रनिगाहपुरमा रहेको इलाका प्रहरी कार्यालयको भवन पुनर्निर्माणमा चन्द्रनिगाहपुरका स्थानीय बासिन्दा जुटेका छन् ।
प्रत्येक वर्ष भाद्र शुक्लपक्ष पूर्णिमाका दिन धुमधामसँग पूजाआजाका साथ मनाइने लाटा गन्यापधुरा मेलाले निःसन्तानलाई सन्तान वरदान हुने जनविश्वास रहिआएको छ ।
जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिको कारण गत साता ‘अभिमन्यु’ को प्रदर्शन स्थगित भएको छ । यसै गरी संविधान दिवसका अवसरमा असोज ३ गते प्रदर्शन तयारीमा रहेको प्रतीक्षित नेपाली चलचित्र ‘जारी २’ को प्रदर्शन पनि रोकिएको छ ।
सफलराम श्रेष्ठको पहिचान नेपालका नम्बर एक स्की खेलाडीको छ । उहाँले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नुभएको छ ।
जेनजी आन्दोलनको क्रममा भदौ २४ गतेदेखि बन्द भएका जिल्लाका स्थानीय तहहरु सेवा प्रवाहबारे अन्यौलमा परेका छन् । अन्यौलबीच पालिकाका कर्मचारीहरु बसेका छन् । कतिपय कर्मचारी घर जान पनि सकेका छैनन्, कार्यालय पनि नखुलेपछि अलमलमा छन् ।
तनहुँ जिल्लामा चर्किएको जेनजी आन्दोलनकाले गर्दा ठुलो भौतिक क्षति भएको छ । आन्दोलनका क्रममा सरकारीदेखि निजी भवनसम्म, सामान्य पसलदेखि राजनीतिक दलका कार्यालयसम्म तोडफोड र आगजनी भएका छन् ।
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले ‘एक वडा, एक कृषि प्राविधिक’ योजना कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले प्रत्येक वडामा एकजना कृषि प्राविधिकको व्यवस्था गर्दै योजना कार्यान्वयनमा ल्याएको हो ।
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ९५ पैसा र बिक्रीदर १४१ रुपियाँ ५५ पैसा निर्धारण गरिएको छ ।
जेन जी आन्दोलन र कफ्र्युका कारण अर्थ मन्त्रालयमातहत आन्तरिक राजस्व र भन्सार राजस्व सङ्कलन प्रभावित भएको छ । आन्तरिक राजस्व विभाग र कार्यालयहरू तथा भन्सार कार्यालयमा तोडफोड र आगजनीका कारण भएको क्षतिले राजस्व सङ्कलनका साथै आयातनिर्यात प्रभावित भएको थियो ।
चितवन जिल्लामा जारी कफ्र्यु आदेश हटेपछि जनजीवन सामान्य बन्दै गएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना जारी गर्दै अवस्था सामान्य हुँदै गएकाले कफ्र्यु आदेश हटाइएको जानकारी दिनुभएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । शनिबार दिउँसो देशभर साधारणतया बदली रहनेछ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
नेपालमा पहिलो पटक भएको राष्ट्रिय अध्ययनले नेपालका युवायुवतीमा यौन दुर्बलताको दर उच्च रहेको देखाएको छ । यस्तै पछिल्ला दिनमा बाँझोपनको समस्या बढ्दै गएको छ । नेपालमा विवाहित १० देखि १५ प्रतिशत दम्पती बाँझोपनबाट प्रभावित भइरहेका छन् ।