चैत ३० गते नेपालगन्जमा आयोजना गरिने नेपाली कांग्रेस, बाँकेको तेस्रो जिल्ला सम्मेलनको तयारी पुरा भएको नेपाली कांग्रेस बाँकेले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त गर्ने सेवाहरू बारेको विवरण सार्वजनिक गरेको छ ।
तेक्वान्दोमा सबैभन्दा माथिल्लो उपाधि नवौँ डान प्राप्त गर्न सफल ग्रान्डमास्टर तुलसीकुमार गुरुङलाई सम्मान गरिएको छ ।
कानुन, न्याय तथा मानव अधिकार समितिले तीनकुने घटनाबारे छानविन समिति गठन गरी दोषीमाथि कानुनी कारबाही गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरू आन्दोलनमा बसिरहनुनपर्ने बताउनुभएको छ ।
लमजुङको क्व्होलासोथार गाउँपालिका–७, भोजेमा कुरिलो टिप्न जङ्गल जानुभएका एक युवक भालुको आक्रमणबाट सख्त घाइते हुनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सप्तरीको १० औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।
जिल्लाको ढकारी गाउँपालिका–२ चाइराखोलामा शुक्रबार एक महिलाको टाउको नभएको बेवारिसे शव फेला परेको छ ।
नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले समाचार कक्षहरू समावेशी हुनुपर्ने बताउनुभएको छ ।
तनहुँको व्यास नगरपालिकाले छनोट गौरवका आयोजनालाई कार्यान्वयनमा ल्याउन थालेको छ ।
देशका विभिन्न स्थानमा शुक्रबार हल्कादेखि मध्यम वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो विराटनगर, काठमाडौँ, पोखरा र डडेल्धुरामा हल्कादेखि मध्यम वर्षा भएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यको हरेक क्षेत्रमा विशिष्ट खालको समावेशी भएमात्र लोकतन्त्र सुन्दर हुने बताउनुभएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।
चीनले शुक्रबार अमेरिकी सामानमा कर वृद्धि गरी १२५ प्रतिशत पुर्याउने बताएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको थप करसँगै अमेरिकाले चीनबाट आयात गर्ने सामानमा करको दायरा १४५ प्रतिशतले वृद्धि गरेको बदलामा चीनको यो प्रतिक्रिया आएको हो ।
कैलाली बहुमुखी क्याम्पस (केएमसी) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा झण्डै साढे तीन दशकपछि नेपाल विद्यार्थी सङ्घ नेविसङ्घले विरासत फर्काएको छ ।