तराई मधेशका हिन्दु महिलाहरूको महान पर्व जितियालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले शनिबार कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको छ ।
सम्भावित हुलदङ्गा वा अप्रत्याशित गतिविधि नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय, अछामले जिल्लाभार लागु हुने गरेर अनिश्चिकालीन कर्फ्यु र निषेधाज्ञा पुनः जारी गरेको छ ।
नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ । आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा हटेको छ ।
जेनजी आन्दोलनका कारण देशमा विसम परिस्थिति सिर्जना भएपछि ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा आयोजना गरिएको ‘तिम्बुङ पोखरी ट्रेल रन’ प्रतियोगिता रोकिएको छ ।
महोत्तरीमा व्यापक वन फडानी भएको छ । देशभर जेनजी आन्दोलन उत्कर्षमा पुगेको बेला बन्दुकसहित घरेलु हतियार बोकेका समूहले बर्दीबास ४ स्थित टुटेश्वर साझेदारी वनमा निर्ममतापूर्वक रुख फाँडानी गरेका छन् । फडानी गरिएका अधिकांस रुख साल प्रजातीका छन् ।
सडक यातायातको पर्याप्त विकास र यात्रामा बासको उचित प्रबन्ध हुनुअघि नेपाली जनजीवनमा पाटी, ठाँटी, फल्चा र फलैँचाको महत्व ज्यादा थियो । तिनका अवशेष सहर तथा ग्रामीण क्षेत्रका मूलबाटो, बजारमा अझै देख्न पाइन्छ ।
मेरो त भए जत्ति रियाल सक्कियो । यो हात पनि लागेन भने गएर सुत्छु ।” रक्सीको अन्तिम घुट्को पिउँदै बुढो दलेले भन्यो । त्यो कोठामा जम्माजम्मी पाँच जना छन् । सबै जना तासको खालमा नारिएका छन् । सबैका अगाडि थोरै रक्सीसहितका गिलास उभिएका छन् ।
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाबाट शुक्रबार स्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
एउटा कुवा छ सदियौँअघि बाजे/बराजु/जिजु/च्याब्जुले बनाएको वरिपरि लेउ छ
जेनजी प्रदर्शनका क्रममा बागलुङ बजारमा स्थाई घर भई काठमाडौँमा बस्दै आएका सौरन किशोर श्रेष्ठको गत सोमबार मृत्यु भयो । ३८ वर्षीय श्रेष्ठ कोरियाको पाँच वर्षे बसाई अन्त्य गर्दै नेपाल फर्किनुभएको थियो ।
प्रायः हतारमा हुन्छौँ हामी । हतार पनि जीवनको सिलसिला हो । हाम्रो जीवनशैली हो । केही समयदेखि म पनि अलिक हतारोमा छु । म मात्रै कहाँ हो र ! हतार हतारमै हुन्छन् मेरा सपना/आकाङ्क्षा/आग्रह/रहर/अपेक्षा/आक्राेश...!
जगत पोखरेलको कविताका यी पङ्क्ति जस्तै प्युठान जिल्लाको गौमुखी गाउँपालिकालाई झिमरुकले सिञ्चित गरिरहेको छ । टार, फाँट, बेँसीलाई हरियाली बनाइरहेको छ । दक्षिणतिर झिमरुक र यसका सहायक नदी सिञ्चित गौमुखीको
पानी केवल प्राणी र वनस्पतिका लागि जीवनको आधार मात्र होइन, आगामी दशकमा विश्वका विभिन्न भागमा विवादको विषय बन्ने सम्भावना छ । संयुक्त राष्ट्रसङ्घका तथ्याङ्क अनुसार, सन् २०२० मा विश्वव्यापी जल तनाव अर्थात् उद्योग,
गुल्मीमा नयाँ भन्दा प्रतिलिपि नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ ।गत आइतबारदेखि शुक्रबारसम्म एक हप्ताको अवधिमा ७८ जनाले नयाँ नागरिकता बनाउँदा ९६ जनाले प्रतिलिपि बनाएका छन् ।
श्राद्धकर्मको उत्पत्ति मृत्युबाट हुन्छ । श्राद्धको मौसम बाह्रैमास भए पनि हिजोआज सोह्रश्राद्धको मौसम चलेको छ । यो आलेखले श्राद्ध–संस्कार वा यसको शास्त्रीय विधिविधानबारे केही पनि बोल्दैन, मात्र एउटा लासको वरिपरि घुमेर बाँचेका जीवनलाई देखाउन खोजेको छ । ‘गीता’ को उत्पत्ति मृत्युबिचबाटै भएको हो । माधव घिमिरेको ‘गौरी’ समवेदना प्रकट गर्ने शोककाव्य हो ।