संयुक्त राष्ट्रसङ्घले हालै दक्षिण सुडानमा बाढीका कारण एक लाखभन्दा बढी व्यक्ति विस्थापित भइसकेको जानकारी दिँदै, प्रभावित जनताको जीवन रक्षाका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपील गरेको छ ।
सप्तरीको राजविराजस्थित कारागारबाट भागेका एक कैदी मृत अवस्थामा फेला परेका छन् । सप्तरीको सप्तकोसी नगरपालिका –१० स्थित सन्तपुरका ४० वर्षीय सन्तोष तामाङ झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
भारतको दक्षिणी राज्य कर्नाटकको हसन जिल्लामा शुक्रबार राति एक सडक दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी घाइते भएका छन् ।
जेनजी आन्दोलनको क्रममा भागेको तुलसीपुर कारागारका ८३ कैदीबन्दी कारागारमा फर्केका छन्। २५३ मध्ये अहिलेसम्म ८३ कैदीबन्दीहरु कारागारमा फर्किएको तुलसीपुर कारागार कार्यालयका जेलर गिरबहादुर सिजवालले जानकारी दिनुभयो ।
म्यानमाको पश्चिमी राज्य राखाइनमा भएको एक हवाई आक्रमणमा परी कम्तीमा १९ जना उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले ज्यान गुमाएका छन् ।
जेनजी पुस्ताका युवाहरूले आन्दोलन थालेको ठाउँबाट शनिबार बिहानदेखि सरसफाइमा जुटेका छन् । लहानको मुख्यचोक इलाका प्रहरी कार्यालयको अगाडि सडकमा टायर बालेर आन्दोलन थालेको ठाउँबाट सरसफाइमा जुटेका हुन ।
जेनजी युवाहरूको तोडफोड र आगजनीपछि विभिन्न कारागारबाट फरार भएका १६ जना कैदीलाई वडा प्रहरी कार्यालय लमही, दाङले पक्राउ गरेको छ।
सुनसरीको उत्तरीक्षेत्र प्रकाशपुरमा रहेको पेमा छोइखोरलिङ बौद्ध गुम्बामा बुद्ध मूर्तिको विधिपूर्वक स्थापना गरिएको छ । गुम्बा बनेको लामो समयपछि बुद्धको मूर्ति बौद्ध परम्पराअनुसार स्थापना गरिएको हो ।
कञ्चनपुरमा निषेधाज्ञा जारी भए पनि यातायातका साधन भने सञ्चालनमा आएका छन् । यहाँस्थित यातायात व्यवसायीहरूले निषेधाज्ञाबिच शनिवार बिहानदेखि यातायातका साधन सञ्चालनमा ल्याएका हुन् ।
बागलुङमा बोलेरो जिपले ठक्कर दिँदा घाइते भएका बालकको मृत्यु भएको छ । बागलुङ नगरपालिका-३, गुठीमा बस्ने दुई वर्षीय सचिन किसानको निधन भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपी) वसन्त पाण्डेले जानकारी दिनुभयो।
बाँकेको दुई वटा बालसुधार गृह र एउटा कारागारबाट भागेका ३४२ जना बालबन्दी र कैदीहरूमध्ये हालसम्म ४७ जना पक्राउ परेका छन् । २९५ जना अझै पनि फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
पाकिस्तानको पूर्वी पन्जाब प्रान्तमा आएको बाढीका कारण हालसम्म कम्तीमा ९७ जनाले ज्यान गुमाएका छन् भने ४४ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् ।
रूपन्देहीको निजी तथा संस्थागत शिक्षण संस्थाहरू आइतबारदेखि सञ्चालन हुने भएका छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण अनिश्चितकालका लागि बन्द भएका शिक्षण संस्था आइतबारदेखि सञ्चालन हुने भएका हुन् ।
हुलदङ्गा र असहज परिस्थिति नियन्त्रण गर्न अछाम जिल्लाभर जारी गरिएको कर्फ्यु र निषेधाज्ञा शनिबारदेखि हटाइएको छ । पछिल्लो राजनीतिक घटनाक्रम र जिल्लाको समग्र शान्ति–सुरक्षा अवस्थाको विश्लेषणपछि जिल्ला सुरक्षा समितिको आज शनिबार बिहान बसेको बैठकले निषेधाज्ञा र कर्फ्यू आदेश हटाउने निर्णय भएको हो ।
रूसको क्यामचात्का प्रायद्वीपको तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । यस भूकम्पको केन्द्र पेट्रोपावलोव्स्क-कामचात्स्की शहरको १११ किलोमिटर पूर्वमा थियो, जुन क्यामचात्का क्षेत्रको प्रशासनिक केन्द्र हो ।