ताप्लेजुङस्थित नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तथा महिला उद्यम समितिको नयाँ नेतृत्व चयन भएको छ। उद्योग महासङ्घको नेतृत्वमा राजेन्द्रप्रसाद भारती र महिला उद्यममा बिष्णु श्रेष्ठ अध्यक्षमा चयन हुनुभएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँ–तिहारलगायत चाडपर्वका समयमा खाद्यवस्तुको सहज आपूर्ति हुने गरी काम गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
बाँकेको नरैनापुरमा झाडा पखालाका कारण आइतबार ४ जनाको मृत्यु भएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले पार्टीलाई बलियो बनाइ एक्लै निर्वाचन जित्नसक्ने अवस्थामा पुर्याउने निर्णय गरेको छ ।
खराब मौसमको कारण आकस्मिक अवतरण गरिएका दुई हेलिकोप्टर आइतबार रुकुमपश्चिममै रहने भएका छन्। आठबिसकोट नगरपालिका –९ को रंगशालामा आइतबार दिउँसो अवतरण भएका सिम्रिक एयर (नाइन एन–एकेडी) र नेपाली सेनाको (नाइन ए ०६६) कलसाइन हेलिकोप्टर यतै रहने भएका हुन्।
संसदीय सुनुवाइ समितिले चीन, भारत, जर्मनी र डेनमार्कका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नारायणघाट-बुटवल सडक खण्डको ठेकेदार कम्पनीसँगको सम्झौता तोडिन सक्ने चेतावनी दिनुभएको छ।
समिट एयरले सुदूरपश्चिम प्रदेशको दुई जिल्लामा भोलिदेखि उडान नियमित गर्ने भएको छ । सो एयरले धनगढी विमानस्थललाई केन्द्र बनाएर बझाङ र अछामको साँफेमा उडान नियमित गर्ने धनगढी विमानस्थल कार्यालयले जनाएको छ ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जनकपुरधामको वडा १४ स्थित निर्माणाधीन रहेको रामजानकी रङ्गशालाको निरीक्षण गर्नुभएको छ ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपालको आफ्नै उत्पादनमा आधारित किनबेच हुनसके अर्थतन्त्र बलियो बन्ने बताउनुभएको छ।
दक्षिणी म्यान्मारको बागो क्षेत्रमा हात्तीबाट जुम्ल्याहा सन्तान (छावा–छावी) जन्मेका छन् । हात्तीले एकभन्दा बढी बच्चा जन्माउनुलाई दुर्लभ घटनाका रूपमा लिने गरिन्छ ।
नेपाल पत्रकार महासङ्घको महाधिवेशन असोज ५ गते हुने भएको छ । महासङ्घका अध्यक्ष विपुल पोखरेलले आइतबार प्रेस वक्तव्य जारी गर्दै सबै तहको निर्वाचन असोज ५ गते हुने उल्लेख गर्नुभएको छ ।
गण्डकी प्रदेशमा नौ मन्त्रालय कायम भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सात मन्त्रालय रहेकोमा दुई मन्त्रालय थप्ने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी सञ्चारमाध्यमहरू आर्थिक रूपमा आफैँ सक्षम हुनुपर्ने बताउनुभएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले शेर्पाहरूको साहसका कारण नै सगरमाथा विश्वमा चिनिन मद्दत पुगेको बताउनुभएको छ ।