• २८ भदौ २०८२, शनिबार

भारतमा सडक दुर्घटना हुँदा आठको मृत्यु, १५ जना घाइते

blog

बेंगलोर, भदौ २८ गते । भारतको दक्षिणी राज्य कर्नाटकको हसन जिल्लामा शुक्रबार राति एक सडक दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी घाइते भएका छन् । ट्रक चालकले एउटा बाइकलाई बचाउनका लागि अचानक मोड लिँदा दुर्घटना भएको हो । 

धार्मिक जुलुसमा सहभागी भएका मानिसमाथि तीव्र गतिमा आएको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको भारतीय प्रहरीले जनाएको छ । यस क्रममा जुलुसमा रहेका मानिसहरुको मृत्यु भएको हो । प्रहरीका अनुसार, केही घाइतेको अवस्था गम्भीर रहेको र मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ । रासस/सिन्ह्वा