पाँचथरको फालेलुङ गाउँपालिका–५ लुदिनटारकी ५५ वर्षीय महिलाको घाँस काट्न जाँदा लडेर मृत्यु भएको छ ।
गण्डकी सरकारका वन तथा वातावरण मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पदबाट राजीनामा दिनुभएको छ । सोमबार दिउँसो भएको मन्त्रिमण्डल हेरफेर र विस्तारपछि असन्तुष्ट बन्नुभएका गुरुङले साँझ आफ्ना स्वकीय सचिव सन्तोष अधिकारीमार्फत् राजीनामा बुझाउनुभएको थियो ।
जेलमा रहेका इरानी अधिकारकर्मी तथा पूर्वमन्त्री मुस्तफा ताजजादेहलाई राज्यविरुद्ध ‘प्रचारबाजी’ गरेको आरोप लगाइएको स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् ।
विद्यार्थीहरूको नेतृत्वको क्रान्तिका क्रममा हेलिकप्टरमा चढेर बङ्गलादेशबाट भागेको चार सातापछि पूर्वप्रधानमन्त्री शेख हसिना आफ्नो आतिथ्यताका लागि भारतमा कूटनीतिक टाउको दुखाइ बन्नुभएको विश्लेषकहरूले बताएका छन् ।
पश्चिम नेपालको केन्द्र नेपालगन्जमा पहिलो पटक अत्याधुनिक ल्याब सहितको टेष्ट ट्युब बेबी सेन्टर स्थापना गरिँदै छ ।
बागमती यूथ क्लबले एन्फा महिला फुटबल लिगमा सुदूरपश्चिम प्रदेशमाथि फराकिलो जित निकालेको छ ।
कैलालीको धनगढीमा काम गर्ने क्रममा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कैलारी गाउँपालिका–६ का ३२ वर्षीय चन्द्रे चौधरीको ज्यान गएको हो ।
कैलालीको घोडाघोडी नगरपालिका १ सुखडका राजु चौधरी २१ वटा आइ–फोन (मोबाइल) सहित पक्राउ परेका छन् ।
नेपाली राष्ट्रिय टेबलटेनिस र अन्तर्राष्ट्रिय खेल पोसाक निर्माण कम्पनी थ्री सिक्स्टी वानबिच सोमबार प्रायोजन सम्झौता भएको छ ।
असोज १४ देखि १९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने एभरेस्ट महिला भलिबल लिग (एडब्ल्युभिएल) लाई वात्सल्य नेचुरल आइभिएफले मुख्य प्रायोजन गर्ने भएको छ ।
त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग काठमाडौँले १५९ औँ मोती जयन्तीको अवसरमा साहित्यिक पत्रकारितामा उहाँले खेल्नुभएको योगदानबारेमा चर्चा गरेको छ ।
माण्डवी गाउँपालिका–२ मा मानव कङ्काल फेला परेको छ । माण्डवी गाउँपालिका–२ अधेरीस्थित दलबहादुर खत्रीको पुरानो घरमा मानव कङ्काल फेला परेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाउँदै पर्यटन क्षेत्रको विकास प्रवर्द्धनमा सक्रिय ढङ्गले लाग्ने बताउनुभएको छ ।
लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडमाथि सानदार जित निकालेको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य (काव्य र पद्य) विभागले सोमबार ‘बदलिँदो परिवेशमा तिज र तिज गीतको सान्दर्भिकता’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।