जेनजी आन्दोलनका कारण चलचित्र हल तत्काल खुल्ने अवस्था नरहेको चलचित्र सङ्घका महासचिव तथा प्रवक्ता सुरेन्द्र थापाले बताउनुभएको छ । उहाँका अनुसार अझ पनि अवस्था पूर्ण रूपले साम्य भएको छैन ।
जेन्जी आन्दोलनका क्रममा भदौ २४ गतेको विध्वंशात्मक रूपले उद्यम व्यवसायमा धेरै ठुलो हुन्डरी ल्यायो र सखाप पार्ने प्रयास भयो । निजी क्षेत्रका नेता चन्द्रप्रसाद ढकाल पनि त्यसमा पर्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष रहेका उहाँका आफ्नै लगानी भएका केही उद्योगमा पनि क्षति भयो । उहाँ जस्ता धेरै उद्यम खरानी भए र सबै आआफ्नै पीडामा छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
जेनजी आन्दोलनका सहिदप्रति तनहुँका युवाहरूले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन् । जेनजी युवाहरुले तनहुँको सदरमुकाम दमौलीको प्रशासन चोकमा शनिबार साँझ सहिदप्रति श्रद्धाञ्जली प्रकट गरेका हुन् ।
पश्चिम रुकुमबाट सात वर्षअघि दाङ झरेका दिलकुमारी पुन र शेरबहादुर बाठा मगर दम्पत्ति छोरीलाई पढाउन ल्याउँदा जीवन नयाँ मोडबाट अगाडि बढ्ने भने सोच्नु भएको थिएन ।
जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त तनहुँ जिल्ला अदालतले आइतबारदेखि आंशिक सेवा सञ्चालनमा ल्याउने भएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ९५ पैसा र बिक्रीदर १४१ रुपियाँ ५५ पैसा निर्धारण गरिएको छ ।
जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनी मेची भन्सार कार्यालय झापामा भदौ २४ गते आगजनी गरेपछि त्यसको असर निर्यात हुने चियामा परेको छ । भारत निर्यातका लागि भन्सारमा पुगेको २५ हजार किलो चिया पनि जलेर ध्वस्त भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना व्यक्त गर्नुभएको छ ।
अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्तिसँगै उपत्यकाको जनजीवन सामान्य हुँदै गएको छ । उपत्यकाका तीन वटै जिल्लामा यसअघि जारी गरिएको कफ्र्यु तथा निषेधाज्ञा आदेश शनिबारदेखि नै हटेको छ ।
जेनजी आन्दोलन हिंसात्मक बनेसँगै चार दिनदेखि ठप्प भएको सार्वजनिक यातायात क्षेत्र बिस्तारै लयमा फर्किएको छ ।
लुम्बिनी प्रदेशको प्रशासनिक तथा संसद् परिसर स्थानीय आन्दोलनरत पक्षले जनताको करबाटै बनेको भौतिक संरचना भन्दै जोगाएका छन् । प्रदर्शनकारीले नारा जुलुससहित प्रदर्शन गरे र राज्यका भौतिक संरचनामा क्षति पु¥याएनन् । जनताको करबाट बनेको संरचनाले कुनै गल्ती नगरेको भन्दै आन्दोलनरत पक्षले नै संरचना जोगाएका हुन् ।
बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले बालबालिका राष्ट्रका उज्ज्वल भविष्य भएको बताउनुभएको छ। आइतबार ६१ औँ राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना सन्देशमार्फत प्रदेश प्रमुख देवकोटाले यस्तो बताउनुभएको हो ।
काठमाडौँ महानगरपालिकाले आइतबारदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि आवश्यक तयारी गर्न शिक्षक तथा व्यवस्थापनलाई आग्रह गरेको छ ।
गोरखाबाट ६ जना फरार कैदीबन्दी पक्राउ परेका छन् । भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा कास्की र तनहुँ कारागारबाट भागेका कैदीबन्दीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।