ट्राफिक नियम उलङ्घन गरेको अभियोगमा जिल्ला ट्राफिक कार्यालय रौतहटले ११ हजारभन्दा बढी सवारी चालकलाई कारबाही गरेको छ ।
केही समययता एकै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शन हुने क्रम बढ्न थालेको छ । अभिनेता दयाहाङ राईले अभिनय गर्नुभएको चलचित्र ‘अञ्जिला’ गत फागुन २९ र ‘राजगञ्ज’ यही चैत १ देखि प्रदर्शन भइरहेका छन् ।
नेपाल पत्रकार महासङ्घ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको हत्याका सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह गरेको छ ।
पुतलीबजार नगरपालिकाले कृषकहरुलाई २५७ वटा हाते ट्याक्टर वितरण गरेको छ ।
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा आयोजित जागरणसभालाई सम्बोधन गर्नुहुँदै छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस एधानोम गेब्रेयससले गाजामा इजरायली नाकाबन्दीका कारण राष्ट्रसङ्घका ७५ प्रतिशत मिसनलाई गाजा प्रवेश गर्नबाट रोकिएको बताउनुभएको छ ।
सरकारी कर्मचारीको अनिवार्य अवकाश र ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउने उमेर बढाउन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई सिफारिस गरेको छ ।
भारतको पूर्वी राज्य बिहारका विभिन्न जिल्लाहरूमा बिहीबार असिना पानीका कारण २५ जनाको मृत्यु भएको बिहारको राज्य सरकारले जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालकोे यातायात प्रणालीलाई आधुनिक र सुव्यवस्थित बनाउन सरकार सक्रिय रहेको बताउनुभएको छ । शुक्रबारदेखि काठमाडौंमा सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार ऐन र श्रम ऐन संशोधन गर्ने तयारीमा रहेको बताउनुभएको छ ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालको वनस्पती क्षेत्रको अध्ययन र अनुसन्धान गरी थप व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
स्याङ्जाको कालिगण्डकी गाउँपालिका–५ बास्टारीका कृषकहरु व्यावसायिक केरा खेतीतर्फ लागेका छन् ।
मधेश प्रदेशका एक हजार आठ सयभन्दा बढी स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् ।मुख्यमन्त्री कार्यालय अगाडि जारी धर्नामा चौथो र पाँचौं तहका सिअहेव तथा सिअनमी स्वास्थ्यकर्मी सहभागी छन् । उनीहरूले चैत २५ गतेदेखि धर्ना सुरु गरेका थिए ।
युरोपेली सङ्घ (इयु) विरुद्ध डोनाल्ड ट्रम्पको करयुद्ध अन्त्य गर्न वार्ता असफल भएमा ब्रसेल्सले अमेरिकी विशाल प्रविधि कम्पनीमाथि कर लगाउन सक्ने ब्रसेल्सका प्रमुख उर्सुला भोन डेर लेयेनले दिएको फाइनान्सियल टाइम्सलाई बिहीबार प्रकाशित अन्तर्वार्तामा बताउनुभएको छ ।
म्याग्दीको सदरमुकाम बेनीदेखि ग्रामीण बस्ती जोड्ने ग्रामीण सडक ढलान र स्तरोन्नति भएपछि स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ ।