भर्जिन गन्तव्य ढोरपाटन शिकार आरक्षको ‘बुकीपाटन क्षेत्र’मा पर्यटकको लर्काे लाग्ने क्रम चलिरहेको थियो । कुनै समय फरक विश्वजस्तो लाग्ने ढोरपाटन क्षेत्रमा पर्यटकको आगमन बढ्दा त्यहाँका होटल व्यवसायसँगै गोठस्टे समेत फस्टाउँदै थिए । ढोरपाटनमा वर्षभरि साढे १५ हजारबढी पर्यटक मुश्किलले पुग्थे ।
नवयुवा जेनजी पुस्ताले गरेको दुईदिने आन्दोलनको सफलतासँगै मुलुक नयाँ युगमा प्रवेश गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई शुक्रबार राति अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ ।
सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । उहाँको नियुक्तिसँगै इतिहासमै मुलुकले पहिलो पटक महिला प्रधानमन्त्री पाएको छ । उहाँले यसअघि पहिलो महिला प्रधान न्यायाधीशका रूपमा रेकर्ड बनाउनुभएको थियो ।
मिसेस नेपाल अस्ट्रेलिया २०२५ को भव्य फाइनल २०२५ सेप्टेम्बर १३ मा अस्ट्रेलियाको मेलबर्नमा भव्यता, शालीनता र सांस्कृतिक गौरवका साथ सम्पन्न भयो । प्रतिष्ठित ताज लिला तिवारी पौडेलले आफ्नो आत्मविश्वास, आकर्षण र प्रेरणादायी उपस्थितिबाट निर्णायक तथा दर्शकलाई प्रभावित गर्दै जित्नुभयो ।
जेनजी आन्दोलन विद्यमान राज्य संरचनाले जन्माएको निराशाको प्रतीक थियो । देशमा दुई ठुला दलबिचको गठबन्धनले लोकतान्त्रिक अभ्यासको आत्मालाई कमजोर पारेको थियो । बहुदलीय व्यवस्थामा सत्तापक्ष र प्रति
जेनजी प्रदर्शनका कारण देशभर स्थानीय तहमा तोडफोड तथा जनप्रतिनिधिको घरमा आगजनीका कारण भय र त्रासग्रस्तका कारण कर्फ्यु तथा निशेधाज्ञा जारी गरिएपछि मुस्ताङको घरपझोङ गाउँपालिकाले भदौ ३१ गते तय भएको राष्ट्रिय जलवायु सम्मेलन स्थगित भएको छ ।
सर्वोच्च अदालतका अधिकारीअनुसार आन्दोलनकारीका केहि झुण्डले विभिन्न इजलासका पेशी सकिन लाग्दा पहिला तल्लो तलामा छिरी, कागज जम्मा गरी, आगो लाउँदै तेस्रो तलासम्म पुगे । तेश्रो तलामा अदालतको डेटा सेन्टर थियो । जहाँ सबै कारबाहीहरुको डिजिटल अभिलेख थियो, जुन जलेर नष्ट भयो ।
पोखरा महानगरले आइतबारबाट सेवा सुरुआत गर्ने भएको छ । भदौ २४ गतेको तोडफोड र आगजनीपछि क्षति नभएका संरचनाबाटै सेवा सुरू गर्ने तयारी भएको हो ।
गत मङ्गलबार जिल्लामा भएको आगजनी तथा तोडफोडबाट सबैभन्दा धेरै नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पार्टी कार्यालय र नेताका घरमा क्षति पुगेको पाइएको छ । शुव्रmबारबाट जनजीवन सामान्य भएपछि जिल्लाका मुख्य तीन वटा पार्टीले क्षति
चलचित्र ‘मैझारो’ का दुई वटा पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले प्रदर्शन मिति तय गर्दै दुई पोस्टर सार्वजनिक गरेको हो । एउटा पोस्टरमा मुख्य कलाकार धीरज मगर, मिरुना मगर र दिया पुन देखिनुभएको छ ।
कलाकार दीपकराज गिरीले जेनजी आन्दोलनलाई समर्थन गर्दा आफूलाई धम्की आउन थालेको बताउनुभएको छ । केही दिनअघिदेखि मानिसले धम्क्याउन थालेको उहाँको भनाइ छ ।
अभिनेतृ सरिता गिरीले चलचित्र ‘अभिमन्यु’ अन्य चलचित्रभन्दा फरक भएको बताउनुभएको छ । सामाजिक कथामा बन्दै आएका चलचित्रलाई अवश्य नै अभिमन्युले माथ दिने उहाँले बताउनुभयो ।
जेनजी आन्दोलनका कारण चलचित्र हल तत्काल खुल्ने अवस्था नरहेको चलचित्र सङ्घका महासचिव तथा प्रवक्ता सुरेन्द्र थापाले बताउनुभएको छ । उहाँका अनुसार अझ पनि अवस्था पूर्ण रूपले साम्य भएको छैन ।
जेन्जी आन्दोलनका क्रममा भदौ २४ गतेको विध्वंशात्मक रूपले उद्यम व्यवसायमा धेरै ठुलो हुन्डरी ल्यायो र सखाप पार्ने प्रयास भयो । निजी क्षेत्रका नेता चन्द्रप्रसाद ढकाल पनि त्यसमा पर्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष रहेका उहाँका आफ्नै लगानी भएका केही उद्योगमा पनि क्षति भयो । उहाँ जस्ता धेरै उद्यम खरानी भए र सबै आआफ्नै पीडामा छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा