राजन रावत
हुम्ला बैशाख २५ गते । काठको मुढा लागेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्केगाड गाउँपालिका –८ फुचा गाउँ निवासी जोगवीर बुढाको छोरा कविन्द्र बुढा रहेका छन् ।
सो वडाको निलकण्ठ आधारभूत विद्यालय फुचामा कक्षा ७ मा अध्ययनरत रहेको उक्त विद्यालयका शिक्षक ओमप्रसाद जैसीले बताउनुभयो । बिहीबार विहान ११ वजे भेडा बाख्रा चराउनका लागि सोही गाउँपालिका –८ को भुलभुले पानी भन्ने ठाउँमा लगेको समयमा काठ चिर्ने क्रममा बालकलाई मुढा लागेको थियो ।
सोही गाउँपालीका–८ का सुव्या सार्की र धुन शाहीले काठ चिरान गर्ने गोलिया पल्टाउदा तल लडेर जाँदा जंगलमा रहेका ती बालक लागेको र घटनास्थलमै बुढाको मृत्यु भएको उहाँले बताउनुभयो ।
माथिबाट खसेको काठ लागेपछि एकसय मिटर तल सिप्का खोलामा बालक खसेका थिए । मृतकको शवको मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थल पुगेको प्रहरी नायव उपरीक्षक शंकर खड्काले बताउनुभयो ।