• २९ भदौ २०८२, आइतबार

हल तत्काल नखुल्ने, सत्र करोडको क्षति

blog

गोरखापत्र समाचारदाता

काठमाडौं, भदौ २९ गते ।  जेनजी आन्दोलनका कारण चलचित्र हल तत्काल खुल्ने अवस्था नरहेको चलचित्र सङ्घका महासचिव तथा प्रवक्ता सुरेन्द्र थापाले बताउनुभएको छ । उहाँका अनुसार अझ पनि अवस्था पूर्ण रूपले साम्य भएको छैन । त्यसैले जनजीवन पुरानै लयमा नफर्केसम्म हल खुल्ने अवस्था देखिँदैन । उहाँले सबैभन्दा धेरै क्षति विराटनगरस्थित भाटभटेनीमा रहेको क्युएफएक्स हलको भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भवन पूर्ण रूपमा जलेको छ । हलमा मात्र १५ करोड रुपियाँको क्षति पुगेको छ । 

“गोङ्गबुस्थित ल्होत्से मलको भुइँतलामा रहेको आइएनआईको मल्टिप्लेक्सको टिकट काउन्टरको बुथ आगजनी र तोडफोडले क्षति भएको उहाँको भनाइ थियो । हलको उपकरणमा असर परेको छ । क्युएफएक्सको भक्तपुर र बुटवलका हलको बाहिर रहेका टिकट काउन्टर पनि पूर्ण रूपमा क्षतिग्रस्त छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार कुल १७ करोड बराबरको क्षति पुगेको छ । मुलुकभरका १६५ चलचित्र हललाई नै असर परेको छ ।