सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिको कार्यविधि १५ दिन थप भएको छ।
नेकपा (एमाले) को मंगलबार दिउँसो बसेको पोलिटब्युरो बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको सहकार्यबारे ब्रिफिङ गर्नुभएको छ।
आगामी असोजमा हुने एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा भारतीय टोलीकी कप्तान जिनी कोभात साजीले मधेश युनाइटेडबाट प्रतिस्पर्धा गर्नुहुने भएको छ । सेटर जिनीलाई मधेशले विदेशी खेलाडीको कोटामा टोलीमा अनुबन्ध गरेको हो ।
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित निर्माणाधीन तनहुँ जलविद्युत आयोजनामा कार्यरत एक जना मजदुरको मृत्यु भएको छ।
बाँके जिल्लाका आठ स्थानीय तहमध्ये बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर आउने नागरिकमध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकामा आएको पाइएको छ ।
हिमाली जिल्ला म्याग्दीमा हरेक वर्ष जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय स्तरीय रनिङ शिल्ड छात्रा फुटबल प्रतियोगिता सञ्चालनका लागि सम्झौता भएको छ ।
समाजसेवामा अभ्यस्त रहेको निता राउत फाउण्डेसन समाज रूपान्तरणमा सक्रिय भूमिका खेल्दैआएको स्थानीयको भनाइ छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको बृहत्तर विकासमा नागरिक समाजको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले हालै सम्पन्न दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई जनही ५० हजार रुपियाँ पुरस्कार प्रदान गर्ने भएको छ ।
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सांसदले उठाएका प्रश्नमा सरकार गम्भीर नबनेको बताउनुभएको छ।
झरना छहरा खोलाले बगाउँदा दुई युवा बेपत्ता भएका छन् । कपिलवस्तु बाणगंगा–२ का २९ वर्षीय उमेश पौडेल र सोही स्थानका वर्ष २४ का किशोर रास्कोटीलाई खोलाले बगाउँदा बेपत्ता भएका हुन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलङ्काको डेभलभमेन्ट–११ टोलीबिचको पहिलो अभ्यास खेल वर्षाका कारण रद्द भएको छ ।
खानेपानीमन्त्री प्रदीप यादवले आम नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउन सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गरी कार्यान्वयनमा लगिएको बताउनुभएको छ।
सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले एनसेलबाट अर्बौँ बक्यौता रकम असुली नगरेको भन्दै सरकारको आलोचना गर्नुभएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाली खेलकुद इतिहासमा पहिलो पटक पारा ओलम्पिकमा पदक प्राप्त गर्न सफल खेलाडी पलेशा गोवर्धनलाई भब्य स्वागत गर्ने तयारी गरेको छ ।