इङ्ग्लिस च्यानल पार गर्ने प्रयासमा मङ्गलबार एउटा डुङ्गा क्षतिग्रस्त हुँदा १३ आप्रवासीको मृत्यु भएको उद्धार कार्यमा प्रयोग भइरहेको फ्रान्सेली तटीय सहरका मेयरले बताएका छन् । दर्जनौँ आप्रवासी व्यस्त च्यानलको खतरनाक पानीमा डुबेका थिए ।
नबिल बैङ्कले पाँच अर्ब रुपियाँ बराबरको नबिल आठ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैङ्कको मङ्गलबार सम्पन्न विशेष साधारण सभाले यस्तो सेयर जारी गर्ने निर्णय गरेको हो । राष्ट्र बैङ्कले यस्तो सेयर जारी गर्ने अनुमति दिएसँगै पहिलो पटक नबिल बैङ्कले यो प्रकृतिको सेयर जारी गर्ने निर्णय गरेको हो । संस्थागत लगानीकर्ताले मात्र लगानी गर्न पाउने यस्तो सेयरधनीलाई वितरणयोग्य नाफाको आठ प्रतिशत रकम छुट्याएर बाँकी नाफा सर्वसाधारण सेयरधनीका लागि वितरण गर्न पाइन्छ ।
दस युवा कलाकारको सामूहिक चित्रकला प्रदर्शनी ‘कनेक्सन थट्स’ क्लासिक आर्ट ग्यालरीमा सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तमछालीले मङ्गलबार प्रदर्शनीको उद्घाटन गर्नुभयो । प्रदर्शनीमा एक्रेलिक, तेल, जलरङ, मिक्स मिडियम र प्रिन्ट मेकिङ माध्यमका ५२ थान चित्रकला राखिएको छ । प्रदर्शनीमा राखिएका कलाकृतिमा हिसिला महर्जन, न्हुज श्रेष्ठ, ओजस्वी श्रेष्ठ, समन नाछिरिङ राई, शरन तण्डुकार, शर्मिलादेवी तामाङ, सोनाम चामलिङ राई, सुदन श्रेष्ठ, सुजनवीर वज्राचार्य र यमबाङ थापामगरले संस्कृति, सम्पदा, समसामयिक विषयवस्तुलाई प्रस्तुत गर्नुभएको छ ।
राष्ट्रिय जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका चार अग्रणी महिलाको जीवनी सचित्र बालकथा सार्वजनिक भएको छ । पर्यटन उद्यमी अम्बिका श्रेष्ठको निधन भएको ४५ औँ दिन सो पुस्तक सार्वजनिक गरिएको हो । पुस्तकमा अम्बिका श्रेष्ठ, सपना प्रधान मल्ल, पासाङ ल्हामु शेर्पा र आनी छोइङ डोल्माका जीवन भोगाइ समेटिएका छन् । लुज माथेमाको लेखन रहेको सो कृतिसङ्ग्रह पब्लिकेसन नेपालले तयार पारेको हो ।
अर्घाखाँचीको शितगंगामा छहरे खोलाले बगाउँदा बेपत्ता भएका एक युवाको शव फेला परेको छ । बेपत्तामध्ये उमेश पौडेलको शव फेला मङ्गलबार साँझ फेला परेको हो ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सरकारले आर्थिक वर्ष २०८१/८२ को दशकलाई ‘कृषिमा लगानी दशक’ घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गर्ने लक्ष्य लिएको बताउनुभएको छ । एसियाली विकास बैङ्क (एडिबी) का देशीय निर्देशक आर्नो कोस्वासँग मन्त्रालयमा भएको छलफलका क्रममा उहाँले यसका लागि उत्पादनदेखि बजारीकरणसम्मको कृषि इकोसिस्टम सुधार कार्ययोजना कार्यान्वयन गर्ने मन्त्रालयको लक्ष्यमा एडिबीबाट सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।
१. पेरिस पारा ओलम्पिक–२०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाउने खेलाडी को हुन् ? पलेशा गोवर्धन – उनले के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहमा कांस्य पदक जितेकी छन् । – पलेशाले सर्वियाकी मारिया मिचेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई पदक दिलाएकी हुन् । – उनले पाएको उपलब्धि नेपाली खेलकुदकै अहिलेसम्मकै ठुलो हो ।
चेपाङ समुदायको मुख्य पर्व न्वागीको अवसर पारेर मकवानपुरको राक्सिराङ गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । सीमान्तकृत समुदाय चेपाङको बाहुल्यता रहेको राक्सिराङमा छोनामा अर्थात् न्वागीको अवसरमा दुई दिन सार्वजनिक बिदा दिइएको हो ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जारी रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्वारा बुधबार जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ
पुँजीवादी अर्थव्यवस्थाका विशेषता १. पुँजीवादी अर्थव्यवस्था भनेको के हो ? यस व्यवस्थाका प्रमुख विशेषताहरू उल्लेख गर्दै सबल पक्ष र दुर्बल पक्षहरू चर्चा गर्नुहोस् । अर्थतन्त्रमा उत्पादनका साधन माथि निजी स्वामित्व र नियन्त्रण रहने अर्थव्यवस्थालाई पुँजीवादी अर्थव्यवस्था भनिन्छ । यस व्यवस्थामा राज्यको हस्तक्षेप न्यून रहन्छ । आर्थिक क्रियाकलाप राज्य निर्देशित नभई बजारद्वारा निर्देशित हुन्छन् । कहाँ लगानी गर्ने, कुन क्षेत्रमा लगानी गर्ने, कहिले लगानी गर्ने, के उत्पादन गर्ने, कहाँ बिक्री गर्ने जस्ता विषयको निर्णयकर्ता स्वयम् उत्पादकहरू नै हुन्छन् । व्यक्तिहरू आफ्नो इच्छाबमोजिमको पेसा व्यवसाय गर्न, नाफा कमाउन र व्यक्तिगत सम्पत्ति जोड जम्मा गर्न स्वतन्त्र रहन्छन् । पुँजीवादी अर्थव्यवस्थाका आधारभूत विशेषताहरू :
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लाभ र लागत विश्लेषणका आधारमा अर्थतन्त्रमा यथोचित प्रतिफल दिन सक्ने आयोजनामा लगानी विस्तार गर्ने सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषको आवासीय प्रतिनिधि टेरेसा डेबन सान्चेजसँग अर्थ मन्त्रालयमा मङ्गलबार भएको छलफलका क्रममा उहाँले आयोजनाको प्रभावकारी व्यवस्थापनमार्फत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने पक्षमा सरकार रहेको बताउनुभयो । सो क्रममा अर्थमन्त्री पौडेलले सतर्कतापूर्वक सरकारले ऋण लिने र लिइएको ऋणलाई उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका साथै राम्रो प्रतिफल दिने आयोजनामा लगानी गर्ने बताउनुभएको हो ।
तीन महिनादेखि बन्द रहेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । बर्खा सुरु भएसँगै खराब मौसमका कारण बन्द विमानस्थलबाट हवाई उडान पुनः सुरु हुन लागेको सुकिलुम्बा विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले बताउनुभयो ।
नसर्ने रोग विश्वमै जटिल बन्दै गइरहेको छ । विश्वव्यापीकरण, सहरीकरण, जनसङ्ख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय प्रदूषणलगायत कारणले नसर्ने रोगको जोखिम बढ्दै गइरहेको विज्ञ बताउनुहुन्छ । उहाँहरुका अनुसार अस्वस्थ जीवनशैलीका कारण क्यान्सर, मधुमेह, मुटुरोग, दमलगायतका रोग बढ्दो क्रममा छ । मुटु रोग विशेषज्ञ डा राजेन्द्र कोजु ओपिडीमा आइपुग्ने धेरै जसो बिरामीमा उच्च रक्तचाप, मधुमेह, छाति दुख्ने, मुटुको समस्या देखिन्छ । यी सबै नसर्ने रोग हुन् । स्वस्थ खानपान तथा व्यायामले शरीर तन्दुरुस्त हुन्छ भन्ने चेत हुँदा पनि धेरै जनाले यसलाई बेवास्ता गरिरहेको उहाँको अनुभव छ । खानेकुरामा अनुशासन नहुँदा बालबालिकामा पनि मोटोपन बढ्दो छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा, युरोपियन यूरो एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६४ पैसा कायम छ । साथै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ९६ पैसा बिक्रीदर १७६ रुपैयाँ ७५ पैसा छ । स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ १४ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २६ पैसा र बिक्रीदर ९० रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ८४ पैसा कायम भएको छ ।
सुदेशचन्द्र राजभण्डारीले बसपार्क बनाउन धान खेत दान गरेको २३ वर्षपछि मङ्गलबार दाबगरामा बस पुगेको छ । उहाँसहितका ४१ स्थानीयले २०५८ सालमा ५९ रोपनी जग्गा बसपार्क निर्माणका लागि स्थानीय सरकारलाई दान गरेका थिए । लामो समयको पर्खाइपछि बस पुग्दा भण्डारी मात्रै होइन स्थानीयले खुसी व्यक्त गरे । बागलुङ नगरपालिका–४ मा रहेको दाबगरामा चार वर्ष अघि मात्रै बसपार्क निर्माण भएको थियो । तर बसपार्क सञ्चालनमा आउन भने लामो समय कुर्नुपरेको उहाँले बताउनुभयो ।