• २९ भदौ २०८२, आइतबार

प्युठान कारागार कार्यालय वरिपरि निषेधाज्ञा जारी

blog

सुजल श्रेष्ठ

प्युठान, असोज २९ गते । जिल्ला प्रशासन कार्यालय प्युठानले जिल्ला कारागार कार्यालय वरिपरि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले आइतबार दिउँसो ३ बजेदेखि लागु हुने गरी निषेधाज्ञा आदेश जारी गर्नुभएको हो ।

कारागार कार्यालय प्युठानको पच्चीस मिटर वरपरको क्षेत्रभित्र पाँच जनाभन्दा बढी व्यक्ति जम्मा भई कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्ने जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको हो । जिल्ला सदरमुकाम खलंगामा रहेको कारागार कार्यालय जिल्ला प्रशासन कार्यालयसँग जोडिएको छ ।

यसैबीच जेन जि समूहले गरेको आन्दोलनमा प्युठानका राजनीतिक दलका कार्यालयमा तोडफोड गरिएको छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाको कार्यालयमा तोडफोड र आगजनी गरिएको थियो । आइतबारदेखि सरकारी कार्यालय, विद्यालय, बैंक तथा वित्तिय संस्था खुलेका छन् ।